दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
प्रधानमन्त्री कप पुरूष सिनियर जिल्ला छनोट क्रिकेट प्रतियोगितामा कंकालनीलाई १३ रनले पराजित गर्दै शम्भुनाथ बिजयी भएको छ ।
राजबिराजस्थित पविमाबि मैदानमा आइतबार सम्पन्न खेलमा टस जितेर शम्भुनाथले निर्धारित ५० ओभरमा ४७ ओभर २ बलमा सबै बिकेट गुमाई २ सय ६९ रनको योगफल खडा गरेको थियो ।
जसमा भोला साहले अर्थशतकिय पारी खेल्दै ७० रन बनाएका थिए । यसैगरी प्रवेष यादब ४४, निवेश मण्डल २८ र अरबिन्द मण्डल १७ रन बनाएका थिए । यता बलिङतर्फ कंकालनी संजिव मण्डल ४, निरज कुमार महतो २, कृष्ण कुमार यादब, मोह सोहिल, गोेपाल पैकरा १÷१ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा कंकालनीले २ सय ७० रन को लक्ष्य पछ्याउने क्रममा ४२ ओभरमा सबै बिकेट गुमाई २ सय ५६ रन मात्र बनाउन सकेपछि शम्भुनाथ १३ रनले जित हात पारेको हो ।
अमित यादब र महानन्द यादबले अर्थशतकिय पारी खेलेपनि जित दिलाउन सकेन, अमितले ८८ रन महानन्द यादबले ५० रन बनाएका थिए भने गोपाल मण्डल ३९ रन बनाए । यस्तै बलिङतर्फ शम्भुनाथका भोला साह र निरज सुनरैतले ३÷३ र मोहम्मद तौफिकले २ र पप्पु यादब, नवीन मण्डलले समान्य १÷१ बिकेट लिएका थिए ।
राष्ट्रिय खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरी क्रिकेट संघद्वारा संचालित एमसिसी फाउण्डेशन तथा सबल नेपालको सहकार्यमा जिल्ला छनोट प्रतियोगिता संचालन गरिएको हो ।
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
सारांश
- राजबिराजस्थित पविमाबि मैदानमा आइतबार सम्पन्न खेलमा टस जितेर शम्भुनाथले निर्धारित ५० ओभरमा ४७ ओभर २ बलमा सबै बिकेट गुमाई २ सय ६९ रनको योगफल खडा गरेको थियो ।
- जसमा भोला साहले अर्थशतकिय पारी खेल्दै ७० रन बनाएका थिए ।
- यसैगरी प्रवेष यादब ४४, निवेश मण्डल २८ र अरबिन्द मण्डल १७ रन बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया