दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 

राजविराज राजविराज
|
सोमबार, जेठ २७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान 

सारांश

  •     सप्तरीको कन्चनरुप नगरपालिका वडा नं.
  • ४ रुपनगर निवासी सुरेश कुमार मेहताकी २९ वर्षिया श्रीमती चम्पा कुमारी मेहता गर्भवति भई अस्पतालमा भर्ना हुँदा उनलाई रक्तको अभाव हुन सक्ने भनि एबि नेगेटिभ रक्तको जोहो गर्न अस्पतालले भनेपछि उनी र उनका परिवार चिन्तित भएका थिए ।
  •       सो रक्तको जोहो गर्न गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र रहेको रक्त संचार केन्द्रमा पुग्दा सो रगत नरहेकोले उनका परिवार झनै अफ्ठ्यारोमा परेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
    संसारमा थोरै मानिसमा पाइने एबि नेगेटिभ रक्तको अभावमा जिवन र मृत्युको दोसाँधमा रहेकी एक गर्भवति महिलाको ज्यान सेनाले जोगाएका छन् । 
    सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. ४ रुपनगर निवासी सुरेश कुमार मेहताकी २९ वर्षिया श्रीमती चम्पा कुमारी मेहता गर्भवति भई अस्पतालमा भर्ना हुँदा उनलाई रक्तको अभाव हुन सक्ने भनि एबि नेगेटिभ रक्तको जोहो गर्न अस्पतालले भनेपछि उनी र उनका परिवार चिन्तित भएका थिए । 
    सो रक्तको जोहो गर्न गजेन्द्र नारायण सिंह अस्पताल परिसर भित्र रहेको रक्त संचार केन्द्रमा पुग्दा सो रगत नरहेकोले उनका परिवार झनै अफ्ठ्यारोमा परेका थिए । 
    सो अवस्थामा रक्त संचार केन्द्रले नेपाल प्रहरी, शसस्त्र प्रहरीमा समेत अनुरोध गर्दा नपाएपछि भीमदल गणलाई अनुरोध गरिएको र सो रगत भिम दल गणका ब.का.सि. राजेन्द्र बहादुर रावलमा रहेको गणपति गुप्त बहादुर कुँवरले जानकारी दिएका छन् । र लगत्तै रावलले चम्पा कुमारीलाई रक्तदान गरि उनको जिवन बचाउन सफल भएका छन् । 
    दोश्रो बच्चाको जन्म दिने तरखरमा रहेकी चम्पालाई ब.का.सी कुवरले विश्वमै दुर्लभ मानिएको एबि नेगेटिभ रगत दिएर मानवताको परिचय दिएका अस्पताले जनाएको छ । 
    रगत दिएपछि चम्पा कुमारीले सफलतापूर्वक बच्चा जन्माएकी छिन् । स्मरण रहोस् विश्वमा ज्यादै दुर्लभ मानिएको एबी नेगेटिभ रगत एक सय जना मध्ये १ जनासंग मात्र उपलब्ध हुने गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
रेशम चौधरी बचाऔं अभियानले ग¥यो आन्दोलनको घोषणा
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
डाक्नेश्वरी नगरपालिकाका उपप्रमुखद्वारा प्रहरी समक्ष आत्मसमर्पण, पति अझै फरार
डाक्नेश्वरी नगरपालिकाका उपप्रमुखद्वारा प्रहरी समक्ष आत्मसमर्पण, पति अझै फरार
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी