जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०८२
|
|
८७ पटक हेरिएको
Shares
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 

सारांश

  •     नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
  •       निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको संघका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
  •     जिल्लाका विभिन्न स्थानहरुमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरुबाट आचारसंहिता विपरीत गतिविधिहरु भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवं निजी घरहरुमा तोकिएको मापदण्ड विपरीतका ठूला व्यानर र झण्डाहरुको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । 
    नेवि संघका जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएको एक टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो । 
    निर्वाचनलाई स्वच्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ ध्यानाकर्षणपत्र बुझाइएको संघका अध्यक्ष ठाकुरले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
    जिल्लाका विभिन्न स्थानहरुमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वया), जसपा, स्वाभिमान पार्टी लगायतका दलहरुबाट आचारसंहिता विपरीत गतिविधिहरु भइरहेको, व्यानर र झण्डाको दुरुपयोग, सार्वजनिक स्थल तथा विद्युतको पोल एवं निजी घरहरुमा तोकिएको मापदण्ड विपरीतका ठूला व्यानर र झण्डाहरुको व्यापक प्रयोग भइरहेको ध्यानाकर्षण पत्रमा दाबी गरिएको छ । 
    यस्तै प्रचार–प्रसारका नाममा ठूला–ठूला साउन्ड सिस्टम, माइक लगायतको प्रयोगले ध्वनि प्रदूषण भइरहेको तथा त्यसले जनजीवन प्रभावित पारेको पत्रमा उल्लेख छ । 
आचारसहिता पालना गर्न गराउन समिति सक्रिय
    नेविसंघले ध्यानाकर्षणपत्र बुझाए लगत्तै अनुगमनमा निस्केको निर्वाचन अनुगमन टोलीले राजविराजस्थित गजेन्द्र चौकमा बसमा भुण्ड्याइएको उज्यालो नेपाल पार्टीको ब्यानर ब्यानर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आफै निकालेका छन् । यस्तै सोही स्थानामा एक स्कारपियोबाट जसपा नेपालको झण्डा र ब्यानर समेत हटाउन लगाइएको छ । सोही स्थानबाट निर्वाचन अनुगमन टोलीले एक गाडीबाट रास्वपाको झण्डा समेत हटाउन लगाएको छ । 
    यता निर्वाचन आयोगले फागुन ४ गतेदेखी १८ गतेसम्मका लागि खुल्ला रुपमा प्रचार प्रसारका साथै झण्डा, तुल, पर्चा, पम्प्लेट बितरण तथा टास गर्न भनेको छ । तर अहिले जिल्लामा व्यापक रुपमा आचारसहिताको उलंघन भइरहेकोको गुनासो आएपछि अनुगमन समितिले आचारसहिता पालना गर्न गराउन सक्रियताका साथ लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकार संकटको भुमरीमा र संजीवनीको खोजी
प्रदेश २ सरकारद्वारा ३८ अर्ब बढीकोे बजेट सार्वजनिक, प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
सप्तरीका ५ जनासहित २१ जना १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ
सप्तरीका ५ जनासहित २१ जना १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
गैससलाई राजस्व कार्यालयले प्रतिबन्ध लगाएर बन्द गर्न खोजेको आरोप 
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा