बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 

राजविराज राजविराज
|
मंगलबार, जेठ २८, २०७६
|
|
७० पटक हेरिएको
Shares
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै 

सारांश

  •     नगरपालिका वडा नम्वर ३, ६, ४, ५, ६ र ७ का गरिव बिपन्न सुनौलो हजार दिनका महिलाहरूको लागी बहुक्षेत्रिय पोषण योजना कार्यक्रमले उनीहरूको ब्यबहारमा खानपिनमा र सरसफाईमा परिवर्तन ल्याएको छ ।
  •       बोदेबर्साइन नगरपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय कार्यक्रमले गर्भवती, सुत्केरी महिलाहरूलाई कुखुरा चल्ला, बिउबिजन कीट र सरसफाई को सामग्री बितरण गरेपछि उनीहरू उत्साहित भएका छन् ।
  •     जिल्लास्थित विभिन्न स्थानिय निकायमा संचालित बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूको कार्यक्रम प्रभावकारी भए न भएको अनुगमन गर्ने क्रममा देखिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
    बोदेबरसाईन नगरपालिकाले बहुक्षेत्रिय पोषणा योजना कार्यक्रम संचालनमा ल्याएपछि सुनौलो हजार दिनका महिलाहरूको लागि कार्यक्रम प्रभाकारी बन्दै गएको छ ।
    नगरपालिका वडा नम्वर ३, ६, ४, ५, ६ र ७ का गरिव बिपन्न सुनौलो हजार दिनका महिलाहरूको लागी बहुक्षेत्रिय पोषण योजना कार्यक्रमले उनीहरूको ब्यबहारमा खानपिनमा र सरसफाईमा परिवर्तन ल्याएको छ । 
    बोदेबर्साइन नगरपालिका र युनिसेफको सहयोगमा संचालित बहुक्षेत्रिय कार्यक्रमले गर्भवती, सुत्केरी महिलाहरूलाई कुखुरा चल्ला, बिउबिजन कीट र सरसफाई को सामग्री बितरण गरेपछि उनीहरू उत्साहित भएका छन् ।


    जिल्लास्थित विभिन्न स्थानिय निकायमा संचालित बहुक्षेत्रिय पोषण योजना कार्यक्रमको अन्तर्गत सुनौलो हजार दिनका महिलाहरूको कार्यक्रम प्रभावकारी भए न भएको अनुगमन गर्ने क्रममा देखिएको हो ।
    मंगलवार जिल्ला समन्वय समिति सप्तरीको प्रमुख प्रभाकर यादबको अगुवाईमा बोदेबरसाईन नगरपालिका वडा नम्वर ३, ६ नम्वर र अग्नीसाईर कृष्णा सवरण गाउपालिका वडा नम्वर ३ मा अनुगमन गरिएको हो ।
    बोदेबरसाईन नगरपालिकाले वडा ३, ४,५, ६, र ७ मा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत ३० जनाका दरले प्रत्येक सुनौलो हजार दिनका महिलाहरूलाई कुखुरा चल्ला ५ थान, बिउबिजनको कीट, सरसफाईको किट, मेवा, फलफुल र तरकारीको बिउबिजन बितरण भएको घरथुरीहरूमा अनुगमन गरिएको थियो ।
    वडा नम्वर ३ कुसमहारका सुनौला हजार दिन कार्यक्रमका बबिता देबी मण्डलले नगरपालिकाबाट पाएको तरकारीको बिउबिजनवाट राम्रो करेसावारी लगाएकी छिन । अहिले उनले  तरकारी बारीमा खिरा, वोडी, फर्सि राम्रो उत्पादन गरी दैनिक तरकारी खानुको साथै खिरा बेचेर केही आम्दानी समेत हुने गरेको बताईन ।
    त्यस्तै वडा ६ मल्हिनयाँका सुशील मरिकसहित त्यस टोलका ३० जना बिपन्न तथा अति गरिव परिवारका सुत्केरी तथा गर्भवती महिलाको ब्यबहारमा परिवर्तन ल्याउन र कुपोषणवाट जोगाउन कुखुराको चल्ला, सरसफाई कीट, बिउबिजन सहितको सामग्री बितरण गरेपछि उनीहरू उत्साहित भएका छन ।
    बोदेवरसाईन नगरपालिकाले आब ०७४÷०७५ देखि संचालित वडा नम्वर ३, ६, ४, ५, ६ र ७ का लागी बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि १९ लाख रूपैया छुटयाईएको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका जिल्ला संयोजक मनिष ठाकुरले जानकारी दिएका छन् । 
    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन टोलीका संयोजक प्रभाकर यादबले अनुगमन क्रममा बजेट बमोजिम खर्च नभएको र बितरण गरेको सामग्री स्तरिय बितरण गर्न स्थानिय निकाय सुझाव समेत दिए ।
    यसैगरी अग्नीसाईरकृष्णा संवरण गाउपालिका वडा १, २, ३, ४, ५ र ६ मा संचालित बहुक्षेत्रिय पोषण योजनाको समेत अनुगमन टोलीले अनुगमन गर्दै आबश्यक निर्देशन दिएको अनुगमन टोलीका सदस्य तथा कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादबले जानकारी दिए ।
    ज्ञान केन्द्रका प्रमुख यादबले तरकारीको बिउबिजन कीट र फलफुलको बोटबिरूवा दुई महिना अगाडी नै दिनुपर्ने बताउदै आउने दिनमा करेसवारी थप ब्यबस्थित गर्नुपर्नेमा जोड दिए ।
    त्यस्तै अनुगमन टोलीले अग्नीसाईरकृष्णासवरण गाउपालिका ३ को मटिगढा र वडा २ स्थित स्वास्थ चौकी, सितापुरमा त्यस क्षेत्रका समान्य किसिमको कुपोषित भएका वालवालिकाहरूको उपचार गरिने गरेको वारेमा जानकारी लिएको छ ।
    उक्त स्वास्थ चौकीमा चालु आव ०७५÷०७६ मा ४७ जना समान्य कुपोषण भएका मध्ये २१ जना बालवालिकाहरूलाई रूटिफ पेस्ट उचाई र तौलका आधारमा ३ देखि ५ वटा प्याकेट दिएर कुपोषणबाट जोगाउन उपचार गरेको र बाँकी रहेका वालवालिकाहरू उपचारको क्रममा रहेको स्वास्थ चौकीका ईन्चार्ज हरि नारायण चौधरीले अनुगमन टोली जानकारी गराए ।
    अनुगमन टोलीमा जिसस प्रमुख प्रभाकर यादब, कृषि ज्ञान केन्द्रका प्रमुख भगिरथ यादब, नि जिल्ला समन्वय अधिकारी नवराज खडका, बहुक्षेत्रिय पोषण योजना कार्यक्रमका सप्तरी संयोजक मनिष ठाकुर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु