दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
कोशीटप्पु बन्यजन्तुआरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासबरण गाउँपालिका ६ मोहनपुर टोलका ६६ वर्षिय यज्ञश्वर निरौला छन ।
आईतवार मध्यराती घर नजिकै रहेको आफ्नै मकैबारीको सुरक्षाका लागी फुसको टहरा बनाई वसेका वेला राती १२ बजे तीर जंगली हात्तीले आक्रमण गरेको स्थानीयवासीले बताएका छन ।
हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका निरौलाको शवलाई सोमवार विहानै पोस्टर्माटमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याई पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए ।
सप्तरीको पुर्वी उत्तरी क्षेत्रका सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र अग्नी साईर कृष्णासबरण गाउँपालिकाका दर्जनौ गाउँ टोल दशकौं देखी जंगली हात्तीको आतंक र चपेटामा पर्दै आएका छन । जसकारण त्यस क्षेत्रका वासिन्दा मानविय र आर्थिक क्षती ब्योहर्न बाध्य छन ।
हात्ती आतंक सहन नसकेर नियन्त्रण र क्षतीपुर्तीको माग गर्दै त्यस क्षेत्रका वासिन्दाले पटक÷पटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापन पत्र बुझाए पनि अझै सुनुवाइ हुनसकेको छैन ।
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
सारांश
- मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासबरण गाउँपालिका ६ मोहनपुर टोलका ६६ वर्षिय यज्ञश्वर निरौला छन ।
- आईतवार मध्यराती घर नजिकै रहेको आफ्नै मकैबारीको सुरक्षाका लागी फुसको टहरा बनाई वसेका वेला राती १२ बजे तीर जंगली हात्तीले आक्रमण गरेको स्थानीयवासीले बताएका छन ।
- हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका निरौलाको शवलाई सोमवार विहानै पोस्टर्माटमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याई पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया