“राजविराज दैनिक” २९ औं वर्षमा

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
१७० पटक हेरिएको
Shares

सारांश

    आजदेखी राजविराज दैनिक २९ औं वर्षमा प्रवेश गरेको छ । यो पत्रिका अढाई दशक बढी समयदेखी सप्तरी जिल्लाबाट प्रकाशित भइरहेकोेले विगतमा निकै उतार चढाव पार गर्दै आज २९ औं वर्षमा प्र्रवेश गरेको हो । यस अवधीसम्ममा पत्रिकाले आफ्नो वेवसाइट निर्माण गरि विगत ६ वर्षदेखी पत्रिकाको सम्पूर्ण अभिलेख राख्ने व्यवस्था मिलाएको छ । जसकारण देश विदेशमा रहेको पाठकहरुले सजिलै पत्रिका पढ्न सक्ने व्यवस्था मिलाउनुका साथै प्रेस काउन्सीलको वर्गिकरणमा दुई वर्षदेखी “क” वर्गमा पर्न सफल भएको छ । यस कार्यमा सहयोग गर्ने सम्पूर्ण पाठक, बिज्ञापनदाता, शुभेच्छुककको माया, ममतालाई बिर्सिन सकिन्न् । किनभने एक्लैको प्रयासले कुनै पनि काम सफल हुन सक्दैन् र त्यसले निरन्तरता समेत पाउन सकिदैन् । हामीलाई सबैले सहयोग गरेकै कारण यत्रो लामो समयसम्मको यात्रालाई कायम राख्दै अझ् निरन्तरताको क्रममा छौं । हामीलाई विश्वास छ, यहाँहरु सबैको सहयोग र सद्भाव यसरी नै पाइरहनेछौं । 
    सबैको सहयोग र सद्भावका कारण यस पत्रिकाले संचारमाध्यमहरुको प्रतिस्पर्धात्मक यूगमा जिल्लामा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । विगतको वर्षमा यस पत्रिका पाठक वर्गहरुको प्रिय पत्रिकाको स्थान ओगटन सफल भएको हामीले विश्वास राखेका छौं । आगामी दिनमा यस पत्रिकालाई अझै स्तरीय बनाउँदै, पाठकहरुको रुची अनुसारको सामग्री पस्किने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । यसका लागि यहाँहरुले समय–समयमा आफ्नो सरसल्लाह, सुझाब र प्रतिकृया दिनु नै हुनेछ भन्ने विश्वास पनि व्यक्त गरेका छौं ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदै
सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदै
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोशी पलारमा बालिका मृत फेला
कोशी पलारमा बालिका मृत फेला
दलहरु अन्तिम चरणको कसरत
दलहरु अन्तिम चरणको कसरत