भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने

राजविराज राजविराज
|
शनिबार, श्रावण ११, २०७६
|
|
५० पटक हेरिएको
Shares

सारांश

  •     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपि शर्मा ओलीले आ–आफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे कार्यक्रम रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिएको हो ।
  •       पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।
  •     पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् ।

दैनिक समाचारदाता
काठमाडौं, १० साउन । 
    दक्षिण एसियाकै पहिलो अन्तरदेशीय नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् । 
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपि शर्मा ओलीले आ–आफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे कार्यक्रम रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिएको हो । 
    पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।
    पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् ।
    यसैगरी अन्य आवश्यक तयारी गर्न गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमलाई पत्र पठाईएको उनले जानकारी दिइन् । उता भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाईपलाईन सुरक्षा प्रबन्ध सुरु गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
    भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट सुरक्षा जाँचपासका साथै पेट्रोलियम पाईपलाईन सञ्चालनको सहमति प्राप्त गरिसकेको दूतावासको भनाइ छ ।
    भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो ।
    पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी 
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान
करेन्टले लागेर महिलाको मृत्यु
करेन्टले लागेर महिलाको मृत्यु
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मदन–आश्रित दिवसमा रक्तदान
मदन–आश्रित दिवसमा रक्तदान
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
भारतमा संसारकै खतरनाक टापु जसमा गोरो बच्चा  जन्मे मारिदिन्छन् बाहिरी मान्छेलाई प्रतिबन्ध
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
अनियमितता भएको भन्दै राजगढ गाउँपालिकामा तालबन्दी,  डाक्नेश्वरी र खेलकुदमा तालाबन्दी कायमै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु