दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ मा आफ्नै बुहारीको हत्या गरेको आरोपमा पक्राउ परेका सासु–ससुरामाथी कर्तव्य ज्यान मुद्दा अन्तरगत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
१९ वर्षिया बुहारी रन्जु यादवको हत्या गरेको आरोपमा ५५ वर्षिय ससुरा महेन्द्र यादव र ४५ वर्षिया सासु लिलादेवीमाथी प्रहरीले बुधबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि कर्तव्य ज्यान मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
मृतक रन्जुका दाजु रामसेवक यादवको जाहेरी तथा घटना मुचुल्का र प्राप्त विभिन्न सूचनाका आधारमा मंगलबार प्रहरीले दुबैलाई पक्राउ गरेको थियो ।
गत साउन ५ गते रन्जुको शंकास्पद मृत्यु भएको थियो । सासु, ससुरासँग सम्बन्ध बिग्रिएका कारण छुटिएर रन्जु र उनका पति दिनेश गाउँमै अर्को घरमा भाडामा कोठा लिई बस्दै आएका थिए ।
प्रहरीका अनुसार घटनाका दिन रन्जु घरमा एक्लै थिइन् । पति दिनेश कामका शिलशिलामा बजारतर्फ गएका थिए । घरमा कोही नभएको बेला पुगेका सासु ससुरासँग भएको विवाद र कुटपिटका क्रममा रन्जुको ज्यान गएको अनुसन्धानको क्रममा खुलेको डिएसपी रिमालले जानकारी दिए ।
घटना लुकाउन सासु ससुराले नै एक्कासी बेहोस भएको भन्दै उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएका थिए । तर, चिकित्सकले रन्जुलाई मृत घोषणा गरेका थिए । घाँटी र शरीरमा देखिएको घाँउ, चोट, मृत्युको प्रकृति र घटनास्थलबाट प्राप्त विवरणहरुले त्यो मृत्यु नभई हत्या भएकोतर्फ संकेत गर्दछ, डिएसी रिमालको भनाई छ ।
यसअघि तीन दिन अघि मात्र सप्तरीको डाकनेश्वरी नगरपालिका १ की २६ वर्षिया कंचनकुमारी यादवको रहस्यमय मृत्यु भएको थियो । उनको पनि सासु, ससुरा र पतिले मिलेर हत्या गरेको आरोप लगाउँदै अघिल्लो दिन मात्र आफन्तले शवसहित प्रदर्शन गरेका थिए ।
सो घटनाका आरोपी पति अरबिन्द पक्राउ परेपनि सासु र ससुरा भने अझै फरार छन् । पछिल्लो केही दिन यता सप्तरीमा महिला हिंसाका घटना बढेपछि प्रहरीको टाउँको दुखाईको विषय बनेको छ ।
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
सारांश
- १९ वर्षिया बुहारी रन्जु यादवको हत्या गरेको आरोपमा ५५ वर्षिय ससुरा महेन्द्र यादव र ४५ वर्षिया सासु लिलादेवीमाथी प्रहरीले बुधबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि कर्तव्य ज्यान मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
- मृतक रन्जुका दाजु रामसेवक यादवको जाहेरी तथा घटना मुचुल्का र प्राप्त विभिन्न सूचनाका आधारमा मंगलबार प्रहरीले दुबैलाई पक्राउ गरेको थियो ।
- गत साउन ५ गते रन्जुको शंकास्पद मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया