चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त

सारांश

  •     गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् ।
  • निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।
  •     निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिइनुपर्ने उनले जिकीर गरे ।

दैनिक समाचारदाता
काठमाडौं, ३० कात्तिक । 
    प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् ।  एक सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।
    गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।
    निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिइनुपर्ने उनले जिकीर गरे । सरकार ले नै निर्वाचनको मिति घोषणा नगरे संघीय संसदले कानून बनाएर प्रतिनिधि सभा, राष्टिय सभा र स्थानीयतहको चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने यादवको भनाइ थियो ।
    निर्वाचन कानून संशोधनका लागि सरकारसँग पठाए पनि अहिलेसम्म रेस्पोन्स नभएको यादवले गुनासो गरे । “निर्वाचन कानूनमा सुधार र परिमार्जनको आवस्यकता छ, कानून कहाँकहाँ संशोधन गर्नुपर्ने हो भनेर हामीले केही ड्राफ्ट पठाएका छांै, सबै निर्वाचन ऐनलाई एकीकृत गर्ने या छुट्टा छुटै गर्नु पर्ने हो सरकारले निर्णय गरोस्, संशोधनको समय भयो” यादवले भने ।
    कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी निर्वाचनमा विद्युतीय मतदानको व्यबस्था गर्न र मतदान भएकै स्थल बुथ मै मतगणना गर्ने व्यबस्था मिलाउन सुझाव दिए । “मतदाता परिचयपत्र लागू भएपछि एकजनाको भोट अर्कोले हाल्न पाउँदैन कि भनेको एकै जनाले २० जनाको भोट हालेको पनि देखियो, यसमा आयोग गम्भीर हुनुपर्छ” उप्रेतीले भने । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यबस्था गर्न आयोगले पहल गर्नुपर्ने बताए ।
    २०७४ वैशाख, असार र असोजमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण सम्बन्धी अन्तिम रिर्पोट शुक्रबार सार्वजनिक भएको हो । प्रतिवेदनका अनुसार तीनै तहको निर्वाचन शान्तिपूर्ण र धाँधलीरहितरुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सबल नेपालले दर खाने कार्यक्रम मनायो
सबल नेपालले दर खाने कार्यक्रम मनायो
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
एक करोड मुल्य बराबरको गाजा बरामद
एक करोड मुल्य बराबरको गाजा बरामद
लैंगिक हिंसा न्युनीकरणमा मिडियाको भूमिका
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान