सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा

राजविराज राजविराज
|
सोमबार, भाद्र २३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा

सारांश

  •     अस्पतालका चिकित्सक डा.
  • रविरंजन प्रधानका अनुसार उपचारका लागि आएका यादवको रगत जाँच गर्दा सो रोग पत्ता लागेको हो ।
  •       अघिल्लो दिन पनि उपचारका लागि आएका कंचनरुप नगरपालिका बैरवाका राजेन्द्र पंजियारलाई पनि डेंगु रोग लागेको पुष्टि भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ भदौं । 
    सप्तरीमा थप एक जना डेंगुका बिरामी भेटिएका छन् । उपचारका लागि सोमबार स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा आएका राजविराज नगरपालिका ८ का २० वर्षिय अशिकी यादवलाई डेंगु रोग भएको पत्ता लागेको हो ।
    अस्पतालका चिकित्सक डा. रविरंजन प्रधानका अनुसार उपचारका लागि आएका यादवको रगत जाँच गर्दा सो रोग पत्ता लागेको हो । 
    अघिल्लो दिन पनि उपचारका लागि आएका कंचनरुप नगरपालिका बैरवाका राजेन्द्र पंजियारलाई पनि डेंगु रोग लागेको पुष्टि भएको थियो । 
    एकपछि अर्को डेंगु रोगको बिरामी फेला पर्न थालेपछि उच्च सर्तकता अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । 
    यसैबीच प्रदेश २ को आठ मध्ये ७ जिल्लामा ३९ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 
    जसमध्ये सप्तरीमा ७ जना, धुनषामा २, महोत्तरीमा ३, सर्लाहीमा ७, बरामा १२ तथा पर्सा र रौतहटमा ४÷४ जनामा सो रोगको संक्रमण रहेको महाशाखाको तथ्याङ्कले देखाएको छ । 
    वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिलेसम्म ५६ जिल्लामा फैलिसकेको जानकारी दिँदै महाशाखाले प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको जनाएको छ । 
    हालसम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् । साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ । 
    थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ ।  साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं. ३ मा ४ रहेको छ । 
    यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।
रोग कसरी सर्छ ?
    डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी हुन्छ । ससाना पानीको पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यो लामखुट्टेले फुल पार्छ ।
    डेंग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्छ ।
रोगका लक्षण 
    डेंगुको प्रमुख लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण पनि देखा पर्न सक्छ । 
रोगबाट बच्ने उपाय
    डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने, पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुलभित्र सुताउने, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
नर्घोमो व्यवसायिक साक्षरता तालिम शुरु
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म  ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म  ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज
विशेष अदालतद्वारा निलम्बित मेयर दोषि ठहर, न्यायका लागि मतदातादेखी सर्वोच्च अदालतसम्म पुग्ने ः भिमराज

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह