समाजवादीलाई पाँच औलासहितको  हत्केला, जनमतलाई लाउडस्पिकर

राजविराज राजविराज
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  •     आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनका लागि समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला र जनमत पार्टी (जपा) लाई लाउडस्पिकर दिने निर्णय गरेको हो ।
  •       यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।
  •     त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० असोज ।
    निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी, जनमत पार्टीसहित सो निर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । 
    आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको लागि हुने उक्त निर्वाचनका लागि समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला र जनमत पार्टी (जपा) लाई लाउडस्पिकर दिने निर्णय गरेको हो । 
    यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो, ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुईहात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।
    त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाइजहाज, नेपाली काङ्ग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्र्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चङ्गा निर्वाचन चिन्ह प्राप्त गरेका छन् ।    
    त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको राससले जनाएको छ ।
    आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
सडकपेटीबाट एकै दिन चार महिलासहित  १६ जना सडक आश्रित मानवको उद्दार
सडकपेटीबाट एकै दिन चार महिलासहित  १६ जना सडक आश्रित मानवको उद्दार
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
झुन्डिएको अवस्थामा  शव फेला
झुन्डिएको अवस्थामा  शव फेला

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते