वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आषाढ ३, २०८३
|
|
७४७ पटक हेरिएको
Shares
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप

सारांश

  • पीडित पक्षले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन ।
  • उनले वडाअध्यक्ष साह र सचिव मण्डललाई प्रलोभनमा पारी जग्गा हत्याउने प्रयास भएको भन्दै उच्चस्तरीय छानवीन हुनु पर्ने माग समेत गरेका छन ।
  • बि.
दैनिक समाचारदाता
राजविराज, २ असार । 
सप्तरीको राजगढ गाउँपालिकाका ४ निवासी पप्पु साहले वडाअध्यक्ष अशोक कुमार साह र वडा सचिव राम विलास मण्डलको मिलोमतोमा आफ्नो जग्गा छिमेकी देव नारायण साहको नाममा दर्ता गर्न सिफारिस गरेको आरोप लगाएका छन ।
पीडित पक्षले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन । उनले वडाअध्यक्ष साह र सचिव मण्डललाई प्रलोभनमा पारी जग्गा हत्याउने प्रयास भएको भन्दै उच्चस्तरीय छानवीन हुनु पर्ने माग समेत गरेका छन ।
बि.स. २००४ सालको श्रेस्ता बमोजिम आप्mनो हकभोगमा रहेको सोही वडास्थित कित्ता नं. ५०० को पोखरीको डिलको २ कठ्ठा ९ धुर जग्गा छिमेकी देव नारायण साहको नाममा नामसारी गर्ने चलखेल भएको उनले गुनासो गरे ।
विगत एक वर्ष देखी छुट जग्गा दर्ताको प्रकृयामा लागेका बेला वडाअध्यक्ष र सचिवको मिलोमतोमा गोप्य ढंगले एक पक्षिय सरजमिन गराई जग्गा हत्याउने प्रयास भएको उनको दाबी छ ।
“छुट जग्गा दर्ताको सिफारिसका लागी पटक÷पटक मैले बडा कार्यालयमा निवेदन दिएका थिए, उनले भने– तर मेरो निवेदनको वेवास्ता गर्दै छिमेकी साहको नाममा जाने गरी सिफारिस गरिएको छ ।”
सो बारे जानकारी पाए पछि न्यायका लागी आफु उच्च अदालत जनकपुर–राजविराज इजलास, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय तथा मालपोत कार्यालयमा निवेदन दिए पछि हाल नामसारी प्रकृया रोकिएको उनको कथन छ ।
उनले उक्त जग्गाको २०८१ सालको फाँटबारी तथा मालपोत शुल्क तिरेको प्रमाण देखाउँदै हाल सम्म भोग चलन गर्दै आएको जग्गा अर्कैको नाममा सार्ने प्रयास गर्नेहरुमाथी उचित छानवीन हुनु पर्ने माग गरेका छन ।
यस सम्बन्धमा वडाअध्यक्ष साहसँग जिज्ञासा राख्दा उनले उक्त जग्गामा सुरु देखी नै देव नारायण साहको हकभोग रहेको दाबी गर्दै सोही आधारमा सिफारिस गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम