खैरो हेरोइनसहित दुई पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ ८, २०८३
|
|
१३९ पटक हेरिएको
Shares
खैरो हेरोइनसहित दुई पक्राउ

सारांश

  • प्रहरी चौकी देउरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.
  • ७प.
  • ८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरी प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. ९ स्वर्णपट्टीस्थित नेपाल–भारत आवतजावत गर्ने सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी देउरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७प.८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका वडा नं. ८ पोखरिया निवासी ३६ वर्षीय त्रिलोकी चौधरी र पछाडी सवार सोही नगरपालिका वडा नं. ७ भंगहा टोल निवासी ३२ वर्षीय सन्तलाल दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
खानतलासीका क्रममा सन्तलालले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीमा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको उनले बताए । उक्त पदार्थलाई तौल गर्दा ३१ ग्राम ९१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
यसैगरी उनीहरूको साथबाट ओप्पो र भिभो कम्पनीका दुई थान मोबाइल फोन, नगद ७ हजार ३ सय ५० रुपैयाँ तथा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
दुई महिनापछी सकुशल भेटिए रोशनी
दुई महिनापछी सकुशल भेटिए रोशनी
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
एक सय ३८ असहायलाई कम्बल
एक सय ३८ असहायलाई कम्बल
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन