तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ ८, २०८३
|
|
२०१ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीमा बाढी पूर्व तयारी अभ्यास

सारांश

  • गाउँपालिका वडा नं.
  • ५ टिकुलिया स्थित १० किलो क्षेत्रको कोशी नदी किनारमा आईतबार सो अभ्यास गरिएको हो ।
  • अभ्यासमा बाढीसम्बन्धी पूर्वसूचना समुदायसम्म प्रवाह गर्ने, बाढीमा फसेका व्यक्तिको खोज तथा उद्धार गर्ने, घाइतेलाई प्राथमिक उपचार उपलब्ध गराउने तथा राहत व्यवस्थापन गर्ने लगायतका गतिविधिको प्रस्तुत गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
बाढीको उच्च जोखिममा रहेको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढीपूर्व सूचनामा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ ।
गाउँपालिका वडा नं. ५ टिकुलिया स्थित १० किलो क्षेत्रको कोशी नदी किनारमा आईतबार सो अभ्यास गरिएको हो ।
अभ्यासमा बाढीसम्बन्धी पूर्वसूचना समुदायसम्म प्रवाह गर्ने, बाढीमा फसेका व्यक्तिको खोज तथा उद्धार गर्ने, घाइतेलाई प्राथमिक उपचार उपलब्ध गराउने तथा राहत व्यवस्थापन गर्ने लगायतका गतिविधिको प्रस्तुत गरिएको छ ।
मर्सीकोप्र्स नेपाल र कोका–कोला फाउन्डेशनको सहयोगमा आसमान नेपाल र तिलाठी कोइलाडी गाउँपालिकाको साझेदारीमा आयोजना गरिएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा बाढीका बेला समुदायको तयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास गरिएको तिलाठी कोईलाडी गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिकाका विभिन्न टोलमा गठन भएका सामुदायिक विपद् व्यवस्थापन समिति अन्तर्गत पूर्वसूचना, खोज तथा उद्धार, प्राथमिक उपचार तथा राहत व्यवस्थापन गरी चारवटा कार्यदल सक्रिय छन् । अभ्यासका क्रममा ती कार्यदलले आ–आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन प्रदर्शन गरे ।
अभ्यासमा सहभागी फुल कुमारी महतोले यस्तो कार्यक्रमले समुदायका व्यक्तिहरुलाई बाढीको विपद्का बेला गर्नुपर्ने कामहरुबारे ज्ञान प्राप्त भएको प्रतिक्रिया दिए ।
वडा नं. ५ मा गरिएको अभ्यासमा सामुदायिक विपद् व्यवस्थापन समितिका ७२ जना सहित स्थानियहरुले सहभागिता जनाएको आसमान नेपालका कार्यक्रम प्रबन्धक अशोक यादवले बताए ।
यस्तै वडा नं. ७ को मर्राही टोलस्थित मर्राही पोखरीमा पनि सोही प्रकृतिको अभ्यास गरिएको छ । उक्त अभ्यासमा सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा स्थानीयवासी गरी एक सयभन्दा बढीले सहभागिता जनाए ।
अभ्यासका क्रममा बाढीको जोखिम उत्पन्न भएको काल्पनिक अवस्था सिर्जना गरी सूचना प्रवाह, जोखिममा परेका व्यक्तिको सुरक्षित स्थानमा स्थानान्तरण, उद्धार तथा प्राथमिक उपचारका गतिविधि सञ्चालन गरिएको थियो । यसबाट वास्तविक विपद्को अवस्थामा समुदायले अपनाउनुपर्ने प्रक्रिया र जिम्मेवारीबारे व्यवहारिक ज्ञान प्राप्त भएको सहभागीहरुले बताएका छन् ।
कार्यक्रमको सहजीकरण तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झा र आसमान नेपालका सूचना प्रविधि अधिकृत अमन शरणले प्राविधिक सहयोग गरेका थिए ।
समुदायको सहभागितामा यस्ता अभ्यास नियमित रुपमा सञ्चालन गरे विपद्का बेला हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने स्थानिय कृष्ण रायले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन
तिलाठीका पाँच जना परिवारको सम्पर्कमा आए, तीन जना अझै सम्पर्कबिहीन
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा

छुटाउनुभयो कि ?