सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
३८१ पटक हेरिएको
Shares
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 

सारांश

  • तर त्यही सामाजिक संजाल अहिले दुःख, सुःखको साथीका साथै पारिवारिक गतिविधिमा समेत दखल गर्ने क्रम बढ्दो छ ।
  • कसैको सुखी परिवारलाई तोड्ने तथा जोड्ने गतिविधि पनि हुने गरेको छ ।
  • सामाजिक संजालबाटै प्रेम र विछोड पनि हुने गरेको पाइएको छ ।
नवीनकुमार गुप्ता
राजविराज, २६ असार । 
सामाजिक संजालको बढ्दो प्रयोगले समाज परिवर्तनमा अहिले निकै ठूलो भूमिका निर्वाह गर्दै आइरहेको छ । चाहे त्यो दुःखको क्षणमा होस् वा सुःखको क्षणमा । प्रयोगकर्ताहरुले कुनै पनि गतिविधि सामाजिक संजालमा पोष्ट गर्ने बित्तिकै त्यसमा सकारात्मक, नकारात्मक तथा बिश्लेषण र सुझाव सहितका अनेकों कमेन्टहरु आउने गर्दछन् ।
तर त्यही सामाजिक संजाल अहिले दुःख, सुःखको साथीका साथै पारिवारिक गतिविधिमा समेत दखल गर्ने क्रम बढ्दो छ । कसैको सुखी परिवारलाई तोड्ने तथा जोड्ने गतिविधि पनि हुने गरेको छ । सामाजिक संजालबाटै प्रेम र विछोड पनि हुने गरेको पाइएको छ । विवाहित महिला वा पुरुष सामाजिक संजालको माध्यमबाट अन्य कसैसँग प्रेम बाधिनु नौलो कुरा होइन् ।
त्यही सामाजिक संजाल अहिले सकारात्मक भन्दा पनि नकारात्मक कामको बढी प्रयोग हुँदै आएको छ । त्यसकै उदाहरण हो सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ बस्ने रमण कुमार महतोको परिवार ।
सामाजिक संजालको दुरुपयोगले अहिले उनको सुखी सम्पन्न परिवार यतिबेला बिच्चलीमा परेको छ । सामाजिक संजालमै रमणकी श्रीमति निशा पर पुरुषसँग प्रेममा परेर भागेपछि उनको परिवार विच्चलीमा परेको हो । तीन सन्तानकी आमा पर पुरुषसँग भागेपछी तीन नबालिक भविष्य अन्धकार बन्न पुगेको छ ।
आर्थिक अवस्था कमजोर भएको कारण घरपरिवारको सुन्दर भविष्य बनाउने सपना बोकेर १० बर्ष देखि वैदेशिक रोजगारमा रहेका रमणले श्रम गरि कमाएको लाखौं रकमसहित श्रीमति पर पुरुषसँग भागेपछी बालबालिका र श्रीमानको समेत बिजोग भएको हो ।
साउदी अरब, कतार र दुबईमा रोजगारी गरेका रमण पछिल्लो डेढ बर्ष देखि कुवेतमा काम गर्दै आएका थिए । उनले घरमा ६० बर्षीया आमा चन्द्रादेवी, ९ बर्षीय छोरा आकाश, ६ बर्षीया छोरी राधा, ३ बर्षीय छोरा पंकज र २६ बर्षीया श्रीमति निशालाई छाडेर विदेशमा गएर दुःख गरी विगत १० बर्षको अवधीमा श्रीमती निशालाई २० लाख जति रुपैया पठाई सकेको छन् ।
केही दिन अझै विदेशी भूमीमा दुःख गरेर कमाउने र त्यसपछि घरफर्कि छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिलाउने तथा परिवारसँग खुशीयाली जिवन व्यतित गर्ने उनको सपना थियो ।
तर, पछिल्लो एउटा घट्नाले उनको सबै सपना चकनाचुर भयो । २०८३ जेठ २ गते श्रीमानको लामो आयुको कामना गर्दै मधेशमा बिबाहित महिलाले श्रद्धापूर्वक मनाउने बट सावित्री पर्वको विहान श्रीमति संग एक घण्टा कुरा गरेको सुनाउँदै रमणले साँझमा फोन गर्दा श्रीमती निशाको फोन नउठेको बताए । श्रीमतीको फोन नउठेपछी उनले आमा चन्द्रासँग कुरा गर्दा अचानक आकाशबाट भुईमा झरेको जस्तै भयो । रमणका अनुसार अति माया गर्ने श्रीमति पर्वकै दिन साँझ पर पुरुषसँग फरार भईन् । विदेशमा दिनरात मिहिनेत गरी पठाएको मध्येका १० लाख रुपैयाँ नगद, ४ तोला सुनको गरगहना तथा उनकै नाममा गाउँमा खरिद गरिएको १० लाखको जग्गा समेत कसैलाई सुँइको समेत नदिई विक्री गरी उनी पर पुरुषसंग फरार भएको रमणको भनाई छ । सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ पश्चिम कुशहा निवासी निशासँग रमणको १२ बर्ष अघि मागी बिहे भएको थियो ।
तीन नाबालक सन्तानहरु समेत छाडेर निशा पर पुरुषसँग हिडेपछि उनीहरुको पनि बिच्चली भएको छ । श्रीमती निशा पर पुरुषसँग भागेको खबर पाएपछि रमण कुबेतमा कामकाज छाडेर घर फर्केका छन् ।
रमणका अनुसार श्रीमती फेसबुक मार्फत धनुषाधाम नगरपालिका १४ निवासी ३५ बर्षीय मिथिलेश ठाकुरको प्रेममा परेकी थिईन् । अबेर रातीसम्म श्रीमतीले ठाकुरसँग मोवाईलमा कुराकानी गर्ने गरेको आमाले बताएको उनको भनाई छ ।
निशा भागेको दिन ठाकुर घर आसपासमै देखिएको रमणकी आमा चन्द्राले बताएकी छिन् । भागेको तीन÷चार दिन पछि ठाकुरले सामाजिक सञ्जालमा निशासँग बसेको तस्बिर पोष्ट गर्न थालेपछि उनैले निशालाई प्रेमजालमा फँसाई भगाई लगेको पुष्टि भएको रमणले सुनाए ।
उनले श्रीमति निशाले प्रयोग गर्ने मोवाईलमा कल गर्दा ठाकुरले उठाउने र मैले बिहे गरी सकेको छु, अब केही गर्न सक्दैनस् भन्दै उल्टै मिथिलेश नै आफुलाई धम्काउने गरेको रमणको भनाई छ । उनले श्रीमति भगाउने मिथिलेश उक्त कार्यमा सघाउने उनका आमा श्यामबती तथा भएभरको सम्पति लिई भागेकी निशा विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् ।
उनले मिथिलेश र निशाको खोज तलासका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका साथै सुनसरी र धनुषा जिल्ला प्रहरी कार्यालय समेतमा निवेदन दिएका छन् । निवेदनमा ठाकुरले प्रेमजालमा फसाई श्रीमतिलाई भगाई लगेको, उनीसंग कुरा गर्न नदिएको तथा निसाले लाखौंको सम्पति लिएर गएको उल्लेख गर्दै उनीहरुको मोवाईल लोकेशन ट्रेस गरी पत्तालगाई दिन तथा आफुलाई न्याय दिलाई दिन उल्लेख गरेका छन् ।
फेसबुक मार्फत प्रेम सम्बन्ध जोडिएको र भागेको घट्ना बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै प्रहरी उपरीक्षक रुपक खडकाले पीडितलाई न्याय दिलाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता हेमराज घिमिरेले पीडित भनिएका रमण संग शुक्रबार थप कुरा बुझि अनुसन्धान र खोज तलाश कार्य व्यापक बनाईने जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
दमकल तथा एम्बुलेन्स पुग्ने योग्य बाटो  बनाउन स्थानिय तहलाई आग्रह
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
भैंसीको बच्चासहित पिकअप प्रहरी नियन्त्रणमा 
भैंसीको बच्चासहित पिकअप प्रहरी नियन्त्रणमा 
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ 
प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद