सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सारांश

  • स्थिति सामान्य बन्दै गएपछि स्थानिय प्रशासनले दुई दिनदेखि लगाएको कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको थियो ।
  • अवस्था पूर्ण रुपमा सामान्य भएपछि सोमबार बिहानदेखि निषेधाज्ञा पनि हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
  • निषेधाज्ञा हटाएसंगै बजार पुरानै लयमा फर्किन थालेको छ ।
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सुनसरी र सिरहामा भएको हिंसात्मक घट्नापछि उत्पन्न तनावका कारण अशान्त बनेको सप्तरी जिल्लाको दुई पालिकामा लगाइएको कर्फयुपछि निषेधाज्ञा पनि सोमबारदेखि हटाइएको छ ।
स्थिति सामान्य बन्दै गएपछि स्थानिय प्रशासनले दुई दिनदेखि लगाएको कफ्र्यु हटाई निषेधाज्ञा जारी गरेको थियो । अवस्था पूर्ण रुपमा सामान्य भएपछि सोमबार बिहानदेखि निषेधाज्ञा पनि हटाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
निषेधाज्ञा हटाएसंगै बजार पुरानै लयमा फर्किन थालेको छ । आन्दोलनकर्ताले पाँच दिन अघि दुई दिन लगातार बजार बन्द गरी प्रदर्शन उग्र बनाएपछि स्थानिय प्रशासनले जिल्लाको राजविराज नगरपालिका र बोदेबरसाईन नगरपालिकामा दुई दिन सम्म कफ्र्यु जारी गरेको थियो ।
लगातार पाँच दिन बजार र यातायात बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको थियो । स्थिति पुर्ण रुपमा नियन्त्रण्मा रहेको सुरक्षा विश्लेषणको आधारमा निषेधाज्ञा पनि हटाइएको स्थानिय प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
निषेधाज्ञा हटाए संगै विगत पाँच दिन बन्द रहेका यातायात र बजार पुनः सञ्चालनमा आएका छन् । सुनसान रहने रहने गरेको सडकमा सवारी साधनहरु संचालन भएका छन् भने बजारमा चहल पहल बढेको छ ।
गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्पm्युु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ ।
सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ ।
सुनसरीको देवानगंज तथा सिरहाको गोलबजारमा क्रमशः साउन १० र साउन १४ गते भएको हिंसक घट्नामा तीनजनाको ज्यान गएपछि मधेश प्रदेशका जिल्लामा तनाव बढेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ 
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 

छुटाउनुभयो कि ?

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी