शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
७ पटक हेरिएको
Shares
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना

सारांश

  • एक सातादेखि भर्ना भई डायलासिसको प्रक्रियामा रहेकी सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोकी ४६ बर्षीया रामपरी देवी भगतले अस्पतालको शैयाबाट जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेकी हुन् ।
  • निसन्तान रहेकी उनी अर्काको खेतबारीमा ज्याला मजदुरी गरेर परिवार पाल्ने उनका ५० बर्षीय श्रीमान् जयनारायण विगत तीन महिनादेखि आफै विरामी परेर आर्थिक अभावमा उपचार गराउन नसकी घरमै बस्न बाध्य छन् ।
  • रामपरी पनि डेढ महिना यता विरामी परेर आफै थलिएकी छिन् ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा दुबै मृगौला काम नलाग्ने भई उपचाररत एक विपन्न तथा निःसन्तान महिलाले आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेकी छिन् ।
एक सातादेखि भर्ना भई डायलासिसको प्रक्रियामा रहेकी सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोकी ४६ बर्षीया रामपरी देवी भगतले अस्पतालको शैयाबाट जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेकी हुन् ।
निसन्तान रहेकी उनी अर्काको खेतबारीमा ज्याला मजदुरी गरेर परिवार पाल्ने उनका ५० बर्षीय श्रीमान् जयनारायण विगत तीन महिनादेखि आफै विरामी परेर आर्थिक अभावमा उपचार गराउन नसकी घरमै बस्न बाध्य छन् ।
रामपरी पनि डेढ महिना यता विरामी परेर आफै थलिएकी छिन् । गोडा सुन्निने र हिड्न गाह्रो हुने समस्या देखिएपछि आफन्त र छिमेकीेबाट रकमको जोहो गरी उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
त्यहा उपचारका क्रममा चिकित्सकले उनको दुबै मृगौला काम नगरिरहेको बताए । उपचारका लागि परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई फिर्ता ल्याईको भतिजी आरतीले सुनाईन् ।
अहिले उनको गजेन्द्र नारायण सिंह अस्पतालमा भतिजी आरती र निभाले स्याहार सुसार गरिरहेकी छिन् । रामपरीले शुभचिन्तक तथा शुभेच्छुक समक्ष सहयोगको हात फैलाएकी छिन् ।
उनले घर परिवार चलाउने काका जयनारायण आफै पनि विरामी परेकाले काकीको उपचारमा थप समस्या उत्पन्न भएको सुनाईन् । उनले सहयोगका लागि मोवाईल नम्बर ९७१६३८३९३६ मा पनि सम्पर्क गर्न समेत सबैमा आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?