शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
८२ पटक हेरिएको
Shares
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना

सारांश

  • एक सातादेखि भर्ना भई डायलासिसको प्रक्रियामा रहेकी सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोकी ४६ बर्षीया रामपरी देवी भगतले अस्पतालको शैयाबाट जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेकी हुन् ।
  • निसन्तान रहेकी उनी अर्काको खेतबारीमा ज्याला मजदुरी गरेर परिवार पाल्ने उनका ५० बर्षीय श्रीमान् जयनारायण विगत तीन महिनादेखि आफै विरामी परेर आर्थिक अभावमा उपचार गराउन नसकी घरमै बस्न बाध्य छन् ।
  • रामपरी पनि डेढ महिना यता विरामी परेर आफै थलिएकी छिन् ।
दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा दुबै मृगौला काम नलाग्ने भई उपचाररत एक विपन्न तथा निःसन्तान महिलाले आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेकी छिन् ।
एक सातादेखि भर्ना भई डायलासिसको प्रक्रियामा रहेकी सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोकी ४६ बर्षीया रामपरी देवी भगतले अस्पतालको शैयाबाट जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गरेकी हुन् ।
निसन्तान रहेकी उनी अर्काको खेतबारीमा ज्याला मजदुरी गरेर परिवार पाल्ने उनका ५० बर्षीय श्रीमान् जयनारायण विगत तीन महिनादेखि आफै विरामी परेर आर्थिक अभावमा उपचार गराउन नसकी घरमै बस्न बाध्य छन् ।
रामपरी पनि डेढ महिना यता विरामी परेर आफै थलिएकी छिन् । गोडा सुन्निने र हिड्न गाह्रो हुने समस्या देखिएपछि आफन्त र छिमेकीेबाट रकमको जोहो गरी उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
त्यहा उपचारका क्रममा चिकित्सकले उनको दुबै मृगौला काम नगरिरहेको बताए । उपचारका लागि परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई फिर्ता ल्याईको भतिजी आरतीले सुनाईन् ।
अहिले उनको गजेन्द्र नारायण सिंह अस्पतालमा भतिजी आरती र निभाले स्याहार सुसार गरिरहेकी छिन् । रामपरीले शुभचिन्तक तथा शुभेच्छुक समक्ष सहयोगको हात फैलाएकी छिन् ।
उनले घर परिवार चलाउने काका जयनारायण आफै पनि विरामी परेकाले काकीको उपचारमा थप समस्या उत्पन्न भएको सुनाईन् । उनले सहयोगका लागि मोवाईल नम्बर ९७१६३८३९३६ मा पनि सम्पर्क गर्न समेत सबैमा आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौं दिनदेखी बालक सम्पर्कविहीन 
नौं दिनदेखी बालक सम्पर्कविहीन 
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
लागुऔषध गाँजासहित दुई पक्राउ
लागुऔषध गाँजासहित दुई पक्राउ
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो