पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र ४, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो

सारांश

  • पर्व, त्यौहार, विहेबारी तथा कूल देउताको पुजामा बढी प्रयोग हुने झाँपको माग बढ्दै गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरका उमेश कुमार माली र उनका परिवार दिनभर मात्र नभएर राति समेत खट्ने गरेको छन् ।
  • पर्व त्यौहारमा अत्याधिक प्रयोग गरिने हस्तकला निर्मित झाँप बनाउन उनको परिवार भ्याई नभ्याई छ ।
  • पर्व त्यौहारको आगमन सँगै अडर आउने क्रम बढ्दै गएकाले पुरै परिवार अहिले झाँप बनाउन व्यस्त छन् ।
दैनिक समाचारदाता
राजविराज, ४ भदौ ।
पर्व त्यौहारको आगमन भईरहेको बेला अहिले सप्तरीमा झाँपको कारोबार फष्टाएको छ ।
पर्व, त्यौहार, विहेबारी तथा कूल देउताको पुजामा बढी प्रयोग हुने झाँपको माग बढ्दै गएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरका उमेश कुमार माली र उनका परिवार दिनभर मात्र नभएर राति समेत खट्ने गरेको छन् ।
पर्व त्यौहारमा अत्याधिक प्रयोग गरिने हस्तकला निर्मित झाँप बनाउन उनको परिवार भ्याई नभ्याई छ । पर्व त्यौहारको आगमन सँगै अडर आउने क्रम बढ्दै गएकाले पुरै परिवार अहिले झाँप बनाउन व्यस्त छन् ।
पुख्र्यौली पेशालाई निरन्तरता दिएको बताएका उनले यसै पेशाबाट परिवारको गुजारा र सन्तानको शिक्षा दिक्षामा खर्च गरी बार्षिक चार देखि पाँच लाख रुपैयाँ सम्म बचत गर्ने गरेको उनको भनाई छ ।
यही पेशाबाट भएको आम्दानीबाट केही दिन अघि मात्र उनले एउटा मोटरसाईकल समेत किनेका छन् । गाउँघरबाट आउने अडर अनुसार सोही मोटरसाइकल चढेर घरघरमा समेत झाँप पु¥याउने गरेको उनी बताउँछन् ।
कोढला, सन्ठी, सादा र रंगीन कागज, धागो, सुतली र विभिन्न रंगको मिश्रणले बनाईने झाँप विभिन्न साईजमा बनाईने तथा साईज अनुसार एक सय देखि एक हजार पाँचसय रुपियाँ सम्ममा बिक्रि हुने गरेको उनले बताए ।
अडर बढी आउन थालेको तथा एउटा झाँप बनाउन करिब तीन घण्टा समय लाग्ने गरेकाले अहिले ८० बर्षीय बुवा रामाधिन, ७५ बर्षीया आमा चन्द्रा देवी र ३५ बर्षीया श्रीमती मालती सबै मिलेर झाँप बनाउन ब्यस्त हुने गरेको उनले सुनाए ।
नेपालमा झाँपका सामाग्री कोढला र सन्ठी थोरै उत्पादन हुने तथा महँगो पर्ने भएकाले भारत विहार राज्यको अररिया सहरबाट आयात गर्ने गरेको उनले बताए ।
मंसापुर चौकमा अम्बिकेश एण्ड अमरेश जनरल स्टोर नामक पसल समेत खोलेर उनी झाँपको कारोबार गर्दै आएका छन् । सानै उमेर देखि विभिन्न साईज र आकर्षक कलाकृती सहितको रंगरोगन गरेर झाँप बनाउने काम गर्दै आएका उमेशले यो पुख्र्यौली पेशा भएको बताए । सप्तरीमा झाँप बनाउने र बिक्री गर्ने करिब पाँच दर्जन भन्दा बढी पसल छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा