रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, भाद्र ११, २०८३
|
|
२७५ पटक हेरिएको
Shares
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन

सारांश

  • जिल्लाको बोदेबरसाईन नगरपालिकाका एकै परिवारका तीन दाजुभाई तथा खडक नगरपालिका आमा छोरासहित हालसम्म ३२ जना सम्पर्क बिहीन भएको विभिन्न श्रोतबाट जानकारी प्राप्त भएको छ ।
  • जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नं.
  • ८ काचनटोल निवासी ३१ बर्षीय देबकुमार यादव, ३५ बर्षीय शिवकुमार यादव र २५ बर्षीय सचित यादव विहानै देखि सम्पर्क बिहीन भएको परिवारजनले बताएका छन् ।
दैनिक समाचारदाता
राजविराज, ११ भदौ । 
बुधबार विहान रसुवामा आएको बाढीका कारण सप्तरीका ३२ जना सम्पर्कबिहीन भएका छन् ।
जिल्लाको बोदेबरसाईन नगरपालिकाका एकै परिवारका तीन दाजुभाई तथा खडक नगरपालिका आमा छोरासहित हालसम्म ३२ जना सम्पर्क बिहीन भएको विभिन्न श्रोतबाट जानकारी प्राप्त भएको छ ।
जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नं. ८ काचनटोल निवासी ३१ बर्षीय देबकुमार यादव, ३५ बर्षीय शिवकुमार यादव र २५ बर्षीय सचित यादव विहानै देखि सम्पर्क बिहीन भएको परिवारजनले बताएका छन् ।
रसुवास्थित हाइड्रो पावरमा देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाईजरको रुपमा काम गर्दै आएको उनका बुवा लाल बहादुर यादवले जानकारी दिए ।
यस्तै खडक नगरपालिका वडा नं. ७ का दुर्गा रामका २० वर्षिया श्रमिति सुनिता राम र ४ वर्षिय छोरा जिवछ राम समेत सम्पर्कबिहीन भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिएका छन् ।
सोही पालिकाका वडा नं. ८ ढोलबज्जा निवासी अनिल कुमार चौधरी, वडा नं. १० का सुरज मण्डल, शिवकुमार पासवान, राज पासवान र हेम नारायण साह पनि सम्पर्कबिहीन रहेको उनीहरुको आफन्त र साथीभाईले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनिया निवासी दिलिप कुमार मण्डल, मनिष कुमार मण्डल र रसुवा युटिए३ए पावरहाउसमा कार्यरत सोही पालिका वडा नं. ४ का संजय साह समेत सम्पर्कबिहीन रहेको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ अध्यक्ष कमल मण्डलले जानकारी दिएका छन् ।
यसैगरि जिल्लाकै विष्णुपुर गाउँपालिका १ का इन्जिनियर अजय कुमार यादव पनि सम्पर्कबिहिन रहेका छन् । रसुवाको उत्तरगया गाउँपालिका ५ स्थित निलकन्ठ माध्यमिक विद्यालय बोगटीटारमा इन्जिनियर पदमा कार्यरत थिए ।
जिल्लाकै कंचनरुप नगरपालिका वडा नं. ८ निवासी हाल जिप्रका रसुवामा कार्यरत प्रहरी कार्यालय सहायक २४ वर्षिय अजय मल्लिक सम्पर्कबिहीन रहेको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
यस्तै सोही नगरपालिकाकी एपिएफमा कार्यरत कंचनपुर निवासी अनुशा चौधरी र वडा नं. ३ अमरकान्त चौधरी समेत सम्पर्कबिहीन रहेको सामाजिक संजालमार्फत आफन्तहरुले जानकारी दिएका छन् ।
यस्तै अपर त्रिशुली १ हाइड्रोपावरमा सवइन्जिनियर पदमा कार्यरत जिल्लाको राजगढ गाउँपालिका २ निवासी राजीव कुमार सिंह, त्रिशुली १ हाइड्रोपावरमा इन्जिनियर पदमा कार्यरत सोही पालिका वडा न. ६ निवासी बिजय कुमार यादव र क्यूसि इन्जिनियरमा कार्यरत राजगढ ६ कै सन्तोष यादव पनि सम्पर्कबिहीन छन् ।
यता रसुवा गोसन हाइड्रोपावरमा क्यूसि इन्जिनियरमा कार्यरत जिल्लाकै डाक्नेश्वरी नगरपालिका वडा न. ५ निवासी अभिनाश पण्डित, राजविराज नगरपालिका वडा नं. ११ रोशन साह, महादेवा गाउँपालिका वडा नं. २ का २८ वर्षिय देवकुमार इसर, त्रिशुली बजारस्थित जेसि हाइड्रोपावरमा इन्जिनियर पदमा कार्यरत तिरहुत गाउँपालिका वडा नं. ४ डिमन बस्ने ४४ वर्षिय रबिन्द्र कुमार यादव र मैलुङ खोला जलविद्युत आयोजनामा इलेक्ट्रिकल इन्जिनयर पदमा कार्यरत सुरुङ्गा नगरपालिका वडा नं. २ का २३ वर्षिय सरोज चौधरी पनि सम्पर्कबिहीन रहेको सुरुङ्का नगरपालिकाका नगरप्रमुख गिता चौधरीले जानकारी दिएकी छिन् ।
यस्तै शम्भुनाथ नगरपालिका वडा नं. ८ का साजन चौधरी र अमरकान्त चौधरी, सहायक इन्जिनियर वडा नं. ६ का ओम प्रकाश चौधरी, इलेक्ट्रिसियन वडा नं. ४ प्रेम सागर चौधरी र पिताम्बर दास, वडा नं. ३ रमेश चौधरी र दिपेन्द्र चौधरी पनि सम्पर्कबिहीन छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
कांग्रेसको १४औं महाधिवेशन : आठ लाख  ५२ हजारलाई क्रियाशील सदस्यता 
कांग्रेसको १४औं महाधिवेशन : आठ लाख  ५२ हजारलाई क्रियाशील सदस्यता 
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित 
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति 
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति 
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह