विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र ३०, २०८३
|
|
८६ पटक हेरिएको
Shares
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

सारांश

  • “गुणस्तरीय शिक्षामा कोही पनि पछी नपरुन” परियोजना लागु भएका ती विद्यालयहरुमा अहिले विद्यार्थी संख्या दोब्बर भएका हुन् ।
  • विगतमा ९२ जना विद्यार्थी रहेको सप्तरीको छिन्नमस्ता गाउँपालिका १ वरही स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयमा अहिले २ सय १६ विद्यार्थी नियमित आउने गरेको प्रधानाध्यापक सुकदेव यादवले बताए ।
  • उनले सेभ द सप्तरी नामक संस्थाले लाखौं मूल्य बराबरको शैक्षिक, मनोरंजन, खेलकुद र विद्यालय व्यवस्थापनका लागी सामग्रीका साथै पाँच कोठे सुविधा सम्पन्न शौचालय निर्माण गरिदिए पछी विद्यार्थी संख्या बढेको बताए ।
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सेवा सुविधामा बृद्धि भएपछी सप्तरीको ६ वटा सामुदायीक विद्यालयमा पढ्न आउने बालबालिकाको संख्या दोब्बर भएको छ ।
“गुणस्तरीय शिक्षामा कोही पनि पछी नपरुन” परियोजना लागु भएका ती विद्यालयहरुमा अहिले विद्यार्थी संख्या दोब्बर भएका हुन् ।
विगतमा ९२ जना विद्यार्थी रहेको सप्तरीको छिन्नमस्ता गाउँपालिका १ वरही स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयमा अहिले २ सय १६ विद्यार्थी नियमित आउने गरेको प्रधानाध्यापक सुकदेव यादवले बताए ।
उनले सेभ द सप्तरी नामक संस्थाले लाखौं मूल्य बराबरको शैक्षिक, मनोरंजन, खेलकुद र विद्यालय व्यवस्थापनका लागी सामग्रीका साथै पाँच कोठे सुविधा सम्पन्न शौचालय निर्माण गरिदिए पछी विद्यार्थी संख्या बढेको बताए ।
विद्यालय व्यवस्थापन समितीका सदस्य एवं अभिभावक पवित्री कुमारी यादवले विद्यालयमा सो संस्थाले उक्त कार्यक्रम ल्याएपछि विद्यार्थीको संख्या ह्वातै बढेको सुनाईन । विद्यालयमा अहिले बाल विकास तर्फ ३३, कक्षा १ मा ४७, कक्षा २ मा २७, कक्षा ३ मा ३४, कक्षा ४ मा ३० र कक्षा ५ मा ४५ गरी कुल २ सय १६ विद्यार्थी रहेको छन् ।
सेभ द सप्तरीको पछिल्लो सहयोगले विद्यार्थीको संख्या र नियमितता दुबै बढाएको उनको भनाई छ । उनले उक्त संस्थाले विद्यालयलाई दराज, कम्प्युटर, प्रिन्टर, फस्ट एड बक्स, जिम, इ–हाजिरी उपकरण, डिजिटल घडीका साथै प्रत्येक विद्यार्थीलाई स्कुल ब्याग, शैक्षिक सामाग्रि, खेलकुद तथा अशक्त विद्यार्थीलाई सहायक सामग्री प्रदान गरेपछी विद्यार्थीमा आकर्षण बढेको सुनाए ।
सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देवले युरोपेली युनियन तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त परियोजना जिल्लाको ६ वटा सामुदायीक विद्यालयमा लागु भएको र ६ वटै विद्यालयको परिणाम उत्साहजनक देखिएको बताए ।
परियोजनाका संयोजक अनिल कुमार यादवले उक्त कार्यक्रम हाल जिल्लाको राजाजी आधारभुत, राजेन्द्र देवकी, राष्ट्रिय आधारभुत मंसापुर, विपी आधारभुत, जनता आधारभुत र राजविराज नगरपालिका २ का आधारभुत गरी ६ वटा विद्यालयमा लागु भएको जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
दुई लाख घुससहित वडा  सचिव मिश्र पक्राउ
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि  सरस्वती पुजा दुई दिन मनाइदै
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 

छुटाउनुभयो कि ?

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए