एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
४० पटक हेरिएको
Shares
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

सारांश

  • सप्तरीको रूपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा श्रम तथा रोजगार कार्यालय जनकपुरधाम धनुषाको आयोजनामा निर्माण उद्योगमा कार्यरत श्रमिकहरूका लागि आयोजित एकदिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
  • मन्त्री यादवले रोजगारी सिर्जनाका लागि आवश्यक ऐन तथा नीति निर्माण गरी स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने जिकिर गर्दै उनले भने “अब छिट्टै आवश्यक ऐन बनाएर आन्तरिक रोजगारी विस्तार गर्ने र कम्तीमा एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ।
  • ” विगतका सरकारले आन्तरिक रोजगारी सृर्जनातर्फ पर्याप्त काम गर्न नसक्दा युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने अवस्था आएको आरोप समेत लगाए ।
दैनिक समाचारदाता
राजविराज, २ असोज । 
श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक र युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको बताएका छन् ।
सप्तरीको रूपनी गाउँपालिका ५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा श्रम तथा रोजगार कार्यालय जनकपुरधाम धनुषाको आयोजनामा निर्माण उद्योगमा कार्यरत श्रमिकहरूका लागि आयोजित एकदिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
मन्त्री यादवले रोजगारी सिर्जनाका लागि आवश्यक ऐन तथा नीति निर्माण गरी स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने जिकिर गर्दै उनले भने “अब छिट्टै आवश्यक ऐन बनाएर आन्तरिक रोजगारी विस्तार गर्ने र कम्तीमा एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ।”
विगतका सरकारले आन्तरिक रोजगारी सृर्जनातर्फ पर्याप्त काम गर्न नसक्दा युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने अवस्था आएको आरोप समेत लगाए ।
कार्यक्रमका क्रममा मन्त्री यादवले सप्तरीको विकाससँग जोडिएका विभिन्न विषयमा पनि सरकारको योजनाबारे जानकारी गराए । गजेन्द्र नारायण सिंह अस्पताललाई ५० शैयाबाट १०० शैयामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको र अस्पतालका लागि ८० जना स्थायी कर्मचारीको दरबन्दी स्वीकृत भइसकेकाले आगामी दिनमा अस्पताल थप व्यवस्थित भएर सञ्चालन हुने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अन्तिम चरणमा पुगेको बताउँदै छिट्टै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गरिने जानकारी दिए ।
यसैगरी, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई रोजगारीमुखी बनाउने प्रयास भइरहेको उनले बताए । आफ्नै पहलमा औद्योगिक क्षेत्रमा कपडा उत्पादन गर्ने उद्योग स्थापनाका लागि सम्बन्धित उद्योगीहरूले स्थलगत निरीक्षण गरिरहेको तथा ट्रान्सफर्मर र टायल उद्योग सञ्चालनका लागि समेत प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।
राजविराजस्थित कन्या छात्रावास सञ्चालनमा ल्याउन आवश्यक पहल गरी छिट्टै ताल्चा खोल्ने र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरे ।
कार्यक्रममा रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले सप्तरीको औद्योगिक तथा विकास क्षेत्रका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
“राजविराजनगरवासीले अबको केही दिनमै लालपूर्जा पाउने छन्”
दैनिक समाचारदाता
राजविराज, २ असोज । 
विगत ८५ वर्षदेखी लालपूर्जा पाउने आशमा रहेका राजविराजनगरवासीले अबको केही दिनमै लालपूर्जा पाउने भएका छन् ।
बिहीबार साँझ गृहजिल्ला आइपुगेका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दशैं अगावै सरकारले नगरवासीको माग सम्बोधन गर्न गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । मन्त्री यादवले दशैं अगावै बिटौरी जग्गावालालाई लालपूर्जा बितरण प्रक्रिया फास्ट ट्र¥याकबाट सुरु भइसक्ने जानकारी समेत दिए ।
आफू गृहजिल्ला आउने बेलामा पनि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसित राजविराजको बिटौरी जग्गाको समस्या बारे कुरा राखेको बताउँदै मन्त्री यादवले उनीबाट पनि प्रक्रिया अन्तिम चरणमा पुगेको र दशैं अगावै लालपूर्जा बितरण गर्ने भनी आफूलाई जानकारी दिएको उल्लेख गरे ।
जग्गाको मुल्याङ्कनका आधारमा ५ प्रतिशतले राजश्व शुल्क लिने भनी केन्द्रमा छलफल चलिरहेको भएपनि आफूले त्यसमा सकेसम्म अझ केही शुल्क कम गर्ने प्रयत्न गरिरहेको मन्त्री यादवको भनाई छ ।
लालपूर्जाका लागि पछिल्लो पटक लगातार ५१ दिनसम्म नगरवासीले आन्दोलन गरेपछी सरकारले केन्द्रबाट ५ सदस्यीय टोली पठाएर स्थलगत अध्ययन र आन्दोलनकारीसँग वार्ता गरी फर्केका थिए ।
बिटौरी शुल्क तिरेर आफ्नै लगानीमा भवन संरचना निर्माण गरी जग्गाको उपभोग गर्दै आएको भए ता पनि लालपूर्जा नहुँदा बैंक सितको कारोबार लगायतका अन्य गतिविधि गर्न कठिनाई भोग्दै आएका नगरपालिका भित्रका ६८ विगहा क्षेत्रफलका ५ हजार २ सय ३५ परिवार समस्या झेल्दै आएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ