उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
७७ पटक हेरिएको
Shares
उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

सारांश

  • यो शुल्क उद्योग बाणिज्य संघको निर्वाचनकै इतिहासमै महँगो हो ।
  • यसअघिको निर्वाचनमा साधारण शुल्क बुझाएर उम्मेदवार बन्न पाइन्थ्यो ।
  • यसरी उम्मेदवारी शुल्क बढाएर साधारण व्यापारी उम्मेदवार बन्न इच्छुक हुँदा हुँदै पनि उम्मेदवारी शुल्ककै कारण बञ्चित भएको स्थानीय व्यापारीहरुको गुनासो छ ।
दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
सप्तरी उद्योग बाणिज्य संघको उम्मेदवारी शुल्क यस पटक बृद्धि गरिएको छ । अध्यक्ष पदका लागि ५१ हजार तथा पदाधिकारीहरुको उम्मेदवारी शुल्क ३५ हजार र सदस्यहरुको उम्मेदवारी शुल्क २१ हजार तोकिएको छ ।
यो शुल्क उद्योग बाणिज्य संघको निर्वाचनकै इतिहासमै महँगो हो । यसअघिको निर्वाचनमा साधारण शुल्क बुझाएर उम्मेदवार बन्न पाइन्थ्यो ।
यसरी उम्मेदवारी शुल्क बढाएर साधारण व्यापारी उम्मेदवार बन्न इच्छुक हुँदा हुँदै पनि उम्मेदवारी शुल्ककै कारण बञ्चित भएको स्थानीय व्यापारीहरुको गुनासो छ । अहिले जिल्लाको उद्योग ब्यापारको अवस्था दयनिय रहेको बेला महँगिदो उम्मेदवारी शुल्कका कारण निर्वाचनमा पैसा र पहुँचवालाले मात्र प्रतिष्पर्धा गर्ने देखिएको छ ।
यसैबीच सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लालु प्रसाद अग्रवालको मात्रै उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्ष र महासचिव पदमा भने दुई–दुई जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका संयोजक सतिश दत्तका अनुसार वाणिज्य उपाध्यक्षमा अमृत कुमार सञ्चेती र रामअशिष प्रसाद साह तथा महासचिवमा भोगेन्द्र मिश्र र सुरेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिव पदमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा र सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्धडाको उम्मेदवारी परेको छ ।
उम्मेदवारविरुद्ध दाबी–विरोध तथा उम्मेदवारी फिर्ताका लागि मंगलबारको समय तोकिएको निर्वाचन समितिले जनाएको छ । दाबी–विरोध नपरेमा र उम्मेदवारी फिर्ता नभए एकल उम्मेदवार रहेका पदमा सर्वसम्मत घोषणा गरिने संयोजक दत्तले बताए ।
८ सय ९१ मतदाता रहेको सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असोज १० गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
गणतन्त्र दिवसमा प्रभातफेरी, गोष्ठी, सरसफाई र वृक्षारोपण
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सफाई नभएको भन्दै नगरपालिकाको  मुल गेटमै फोहर थुपारिए
सफाई नभएको भन्दै नगरपालिकाको  मुल गेटमै फोहर थुपारिए
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते

छुटाउनुभयो कि ?

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ