दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन तथा गृहप्रवेश गरिएको छ ।
नव निर्वाचित वडा कार्यालयको गाँपालिका अध्यक्ष उमेश प्रसाद यादव र वडाअध्यक्ष बलराम यादवले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई कार्यालयका विभिन्न सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
वडा कार्यालयबाट नागरिकता सिफारिस, जन्म, मृत्यु तथा विवाह दर्ता, सामाजिक सुरक्षा, विभिन्न प्रमाणित तथा सिफारिसलगायतका स्थानीय तहबाट प्रदान गरिने सेवा नियमित रूपमा उपलब्ध हुँदै आएको छ ।
गाउँपालिकाले हालसम्म पाँचवटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ । केही वडा कार्यालयमा यसअघि नै गृहप्रवेश गरी नयाँ भवनबाट सेवा सञ्चालन भइसकेको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया