हटियामा शौचालय निर्माण गर्नेतर्फ नगरपालिका गम्भीर बन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
१७ पटक हेरिएको
Shares

सारांश

राजविराजस्थित हटिया अहिले निर्माणाधीन अवस्थामा रहेको छ । झण्डै ३७ करोडको लागतमा आधुनिक हटिया निर्माण हुन लागेको हो । जुन पालिकालाई हस्तान्तरण गर्ने अन्तिम चरणमा पुगेको छ । दैनिक हजारौँ उपभोक्ता, व्यापारी तथा किसानको आवतजावत हुने यस हटियामा एउटा पनि शौचालय निर्माण नहुनु दुःखद विषय हो । सार्वजनिक शौचालयको व्यवस्था नहुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले ठूलो सास्ती खेप्नुपर्ने हुन्छ । व्यापारिक गतिविधि बढ्दै गएको राजविराज हटियामा व्यवस्थित शौचालय नहुनु नगरपालिकाको व्यवस्थापकीय कमजोरीका रूपमा लिन सकिन्छ । बजारमा घण्टौँ समय बिताउने व्यापारी तथा ग्राहकलाई शौचालयको आवश्यकता पर्नु स्वाभाविक हो । तर यस्तो सामान्य आवश्यकतासमेत पूरा नहुँदा बजारको स्वच्छता, स्वास्थ्य र मर्यादामा प्रश्न उठेको छ । शौचालयको अभावले खुला ठाउँमा दिसापिसाब गर्ने बाध्यता सिर्जना भएमा दुर्गन्ध फैलिनुका साथै विभिन्न रोगको जोखिमसमेत बढ्न सक्छ ।
राजविराज हटियालाई व्यवस्थित, सफा र सुविधासम्पन्न बनाउने जिम्मेवारी स्थानीय सरकारको हो । बजारबाट कर तथा राजस्व संकलन गर्ने तर व्यापारी र उपभोक्तालाई आवश्यक सुविधा उपलब्ध नगराउने प्रवृत्ति अन्त्य हुनुपर्छ । नगरपालिकाले हटियाको उपयुक्त स्थानमा महिला र पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय निर्माण गर्न तत्काल पहल गर्न आवश्यक छ । शौचालय निर्माण गरेर मात्र नवनिर्मित हटिया संचालन गर्नेतर्फ गम्भिर हुनुपर्छ । त्यसको नियमित सरसफाइ, पानीको व्यवस्था, फोहोर व्यवस्थापन र उचित रेखदेख पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसका लागि आवश्यक बजेट छुट्याएर दीर्घकालीन व्यवस्थापन योजना बनाउनुपर्छ ।
राजविराज हटिया केवल किनमेल गर्ने स्थान मात्र होइन, यसले नगरको पहिचान र आर्थिक गतिविधिलाई समेत प्रतिनिधित्व गर्छ । त्यसैले हटियाको विकासका लागि सडक, नाला, खानेपानी, सरसफाइ र शौचालयजस्ता आधारभूत पूर्वाधारको रेखदेख गर्नुपर्ने पनि उत्तिकै आवश्यक छ । तसर्थ सम्बन्धित यसप्रति निकाय मौन बस्नु उचित हुँदैन । शौचालयविहीन राजविराज हटियामा शौचालय निर्माण गर्नेतर्फ नगरपालिका गम्भीर बनोस् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश मिनेटको हावाहुरीले लाखौंको क्षती 
दश मिनेटको हावाहुरीले लाखौंको क्षती 
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा झण्डै  १५ लाख मुल्य बराबरको क्षति
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड 
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड 
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
फोरम प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री बिजय यादव निर्वाचित
सप्तकोशीको ४१ वटा ढोका खोलिए
सप्तकोशीको ४१ वटा ढोका खोलिए