मालपोत कार्यालय अगाडीका अवैध टहरा हटाइँदै

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
४४ पटक हेरिएको
Shares
मालपोत कार्यालय अगाडीका अवैध टहरा हटाइँदै

सारांश

  • सडक पेटी अतिक्रमण गरी अनधिकृत रूपमा टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूका टहरा हटाउन नगरपालिकाले अभियान चलाएको हो ।
  • यस क्रममा राजविराजस्थित मालपोत कार्यालय अगाडि सडक पेटी नै अतिक्रमण गरी विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको अगुवाइमा अतिक्रमित संरचना हटाउन थालिएको छ ।
  • सार्वजनिक सडक तथा सडक पेटी अतिक्रमण हुँदा सर्वसाधारण पैदलयात्रीलाई आवतजावतमा समस्या हुनुका साथै सडक क्षेत्र साँघुरिँदै गएको गुनासो बढेपछि प्रशासन र नगरपालिकाले संयुक्त रूपमा अतिक्रमण हटाउने अभियान अघि बढाउन अग्रसर भएको हो ।
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर । 
राजविराज नगर क्षेत्रको विभिन्न सडकका पेटीहरु अतिक्रमण भइरहेको जनगुनासो बढ्दै जाँदा नगरपालिका अतिक्रमण हटाउन अभियान चलाएको छ ।
सडक पेटी अतिक्रमण गरी अनधिकृत रूपमा टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूका टहरा हटाउन नगरपालिकाले अभियान चलाएको हो ।
यस क्रममा राजविराजस्थित मालपोत कार्यालय अगाडि सडक पेटी नै अतिक्रमण गरी विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको अगुवाइमा अतिक्रमित संरचना हटाउन थालिएको छ ।
सार्वजनिक सडक तथा सडक पेटी अतिक्रमण हुँदा सर्वसाधारण पैदलयात्रीलाई आवतजावतमा समस्या हुनुका साथै सडक क्षेत्र साँघुरिँदै गएको गुनासो बढेपछि प्रशासन र नगरपालिकाले संयुक्त रूपमा अतिक्रमण हटाउने अभियान अघि बढाउन अग्रसर भएको हो ।
सार्वजनिक सडक तथा सडक पेटीलाई अतिक्रमणमुक्त बनाई पैदलयात्रीको सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ