मैथिली भाषाको पठनपाठन सुरु गर्न स्थानीय सरकारसँग माग

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
६ पटक हेरिएको
Shares
मैथिली भाषाको पठनपाठन सुरु गर्न स्थानीय सरकारसँग माग

सारांश

  • मैथिली साहित्य परिषद् सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको विद्यापति स्मृति पर्व तथा श्रद्धाञ्जली सभाका वक्ताहरूले मैथिली भाषाको विकास र पुस्तान्तरणका लागि स्थानीय तहले विद्यालयमा मैथिली भाषाको पठनपाठन सुरु गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
  • उनीहरूले संविधानले स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार स्थानीय सरकारलाई दिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
  • मैथिली भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउन मैथिली अभियानीहरूले सशक्त रुपमा आवाज उठाउनुपर्ने उनीहरूको भनाइ थियो ।
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
महाकवि विद्यापतिको साहित्यिक योगदानको स्मरण गर्दै मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।
मैथिली साहित्य परिषद् सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको विद्यापति स्मृति पर्व तथा श्रद्धाञ्जली सभाका वक्ताहरूले मैथिली भाषाको विकास र पुस्तान्तरणका लागि स्थानीय तहले विद्यालयमा मैथिली भाषाको पठनपाठन सुरु गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
उनीहरूले संविधानले स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार स्थानीय सरकारलाई दिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
मैथिली भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउन मैथिली अभियानीहरूले सशक्त रुपमा आवाज उठाउनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष विष्णु कुमार मण्डलले मैथिली अभियानीहरुकै कमजोरीका कारण मैथिली आन्दोलन अपेक्षित रूपमा सफल हुन नसकेको टिप्पणी गरे । मैथिली भाषा र साहित्यको विकासका लागि काम गर्नुपर्ने स्थानमा रहेका केही व्यक्तिको सीमित स्वार्थका कारण भाषा पछाडि परेको उनको आरोप थियो ।
उनले महाकवि विद्यापतिले मैथिली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याउनु भएको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने बताउँदै मैथिली साहित्य परिषद्का गतिविधिलाई निरन्तरता दिन र संस्थालाई चलायमान बनाउन वर्तमान कार्यसमितिलाई सुझाव दिए ।
कार्यक्रममा परिषद्का पूर्वअध्यक्षद्वय विवेकानन्द मिश्र र सतीशकुमार दत्त, पूर्वउपाध्यक्ष रामनारायण देव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव तथा पूर्वअध्यक्षद्वय मुरलीप्रसाद यादव र प्रकाश खतिवडाले महाकवि विद्यतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको साहित्यिक योगदानको चर्चा गरे ।
मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतमा आयोजित कार्यक्रममा मैथिल महिला परिषद्का अध्यक्ष मालती चौधरी, सेवानिवृत शिक्षिका मञ्जु श्रेष्ठ, सामाजिक अभियन्ता इ. सूर्यनारायण यादव र डा. सूर्या यादव लगायतले मैथिली भाषा र साहित्यको विकासमा परिषद्ले निर्वाह गर्नुपर्ने भूमिका तथा विद्यापतिको योगदानबारे धारणा राखे ।
वक्ताहरुले विद्यापति स्मृति पर्वलाई औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित नराखी मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?