सप्तरीको छिन्नमस्तामा उपनिर्वाचनको गतिविधी तिब्र 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     छिन्नमस्ता गाउँपालिका वडा नं.
  • ७ का वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिका प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको उक्त पदका लागी उपनिर्वाचन हुन लागेको हो  ।
  •       सो उपनिर्वाचनका लागि श्री भुपेन्द्र नारायण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दैनिक समाचारदात
राजविराज, २१ कात्तिक । 
    मंसिर १४ गते हुने उपनिर्वाचनका लागी सप्तरीमा तयारीका साथ निर्वाचनको गतिबिधी समेत तीब्र बनेको छ । 
    छिन्नमस्ता गाउँपालिका वडा नं. ७ का वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिका प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको उक्त पदका लागी उपनिर्वाचन हुन लागेको हो  । 
    सो उपनिर्वाचनका लागि श्री भुपेन्द्र नारायण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधिश चन्द्रमणी ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । 
    कार्यालय स्थापना सँगै उपनिर्वाचन र मतदाता शिक्षा लगायतको काम तीब्र गतिमा अघि बढाईएको जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादवले जानकारी दिएका छन् । जिल्ला निर्वाचन अधिकारी यादवका अनुसार कात्तिक २७ गते उम्मेदवारहरुको मनोनयन दर्ता गरी सूची प्रकाशन गरिने छ । 
    त्यस्तै कात्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, कात्तिक २९ गते मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ । 
    यसैगरि कात्तिक ३० मा उम्मेदवारको नाम फिर्ता र सोही दिन उम्मदेवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते विहान ७ बजे देखि साझ ५ बजे सम्म मतदान हुने कार्यक्रम रहेको छ । 
    यस्तै मंसिर १ गतेदेखी मतपत्र र मतदान गर्ने तरिका, मतसदर र बदर हुने अवस्था र मतपत्र पट्टयाउने लगायतका तरिकाहरु सिकाउन मतदाता शिक्षा पनि संचालन गरिने जिल्ला निर्वाचन अधिकारी यादवले जानकारी दिए । 
    मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा उक्त वडामा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ मतदाता रहेको छ । पहिलो स्थानिय तहको निर्वाचनमा सो वडामा १ हजार १ सय ७५ मतदाता रहेकोमा अहिले २ सय २८ मतदाता थपिएर जम्मा मतदाता १ हजार ४ सय ३ पुगेको छ । 
    यस्तै उपनिर्वाचनका लागी छिन्नमस्ता ७ हाटि स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी २ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
एक दर्जन नेपाली भारतमा सम्मानित 
एक दर्जन नेपाली भारतमा सम्मानित 
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन