राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा

राजविराज राजविराज
|
सोमबार, मंसिर २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा

सारांश

  •     लामो समयदेखी राजविराज नगरपालिकामा हाकिम नआउने गरेकाले कार्यालयबाट दिइने सेवाहरु प्रभावित बन्न पुगेको छ ।
  •       हाकिमको रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार सिंह झण्डै डेढ महिनादेखी कार्यालय आएका छैनन् ।
  • उनी आफुखुशी कार्यालय आउने गरेको कर्मचारी तथा सेवाग्राहीहरुको भनाई छ ।

नवीनकुमार गुप्ता
राजविराज, २२ मंसिर ।
    राजविराज नगर कार्यपालिकाको कार्यालय अहिले हाकिमबिहीन बनेको छ । यता हाकिम बिहीन बनेको नगरपालिकामा आइतबार मेयर, प्रमुख प्रशासकीय अधिकृतसहित तीन अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित रहेका थिए । 
    लामो समयदेखी राजविराज नगरपालिकामा हाकिम नआउने गरेकाले कार्यालयबाट दिइने सेवाहरु प्रभावित बन्न पुगेको छ । 
    हाकिमको रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार सिंह झण्डै डेढ महिनादेखी कार्यालय आएका छैनन् । उनी आफुखुशी कार्यालय आउने गरेको कर्मचारी तथा सेवाग्राहीहरुको भनाई छ । 
    लामो समयदेखि कार्यालय प्रमुख सिंह कार्यालय नआउँदा राजविराज नगरपालिकामा आर्थिक कारोबारको साथै विभिन्न योजना छनौटको काम पनि प्रभावित हुन पुगेको छ । 
    गत साउनदेखि अहिलेसम्म भण्डै चार महिनामा उनी २९ दिन मात्रै कार्यालय आएको हाजिरी पुस्तिकाले देखाएको छ ।
    साउन, भदौ र असोज महिनामा समेत अधिकांश दिन उनी कार्यालय आएनन् । उनी कार्तिक महिनामा एक दिन पनि कार्यालय आएनन् भने मंसिर महिनाको २२ गतेसम्म पनि उनी कार्यालयमा उपस्थिति भएका छैनन् । 
    यता नगरपालिकाका मेयर शम्भु प्रसाद यादव पनि विगत पाँच दिनदेखी राजविराज बाहिर छन् । प्रशासकीय अधिकृत सिंह नहुँदा निमित्त प्रमुखको जिम्मेवारी पाएका अर्का अधिकृत मनोज यादव पनि आइतबार कार्यालयमा उपस्थित भएनन् । कार्यालय श्रोतका अनुसार उनी पनि बिदामा  बसेका छन् । त्यस्तै अर्का अधिकृत प्रफुल्ल श्रेष्ठ समेत विदामा बसेका छन् । यसैगरि लेखापाल शत्रुधन दास पनि विदामै छन् । 
    नगरपालिकामा तीन अधिकृत नहुँदा अहिले लेखा अधिकृत उमाशंकर यादव कार्यालयको निमित्त प्रमुख भएका छन् । 
    आइतबार सामाजिक सुरक्षा भत्ता वापतको रकम लिन आएका दर्जनौं बृद्धबृद्धाहरु बैंक र राजविराज नगरपालिकाको लापरवाहीका कारण निरास भई घर फर्केका थिए । राजविराज नगरपालिकाको १६ वटै वडाका अधिकांश बृद्धृबद्धाहरुको राष्ट्रिय बाणिज्य बैंकमा खाता रहेको छ । साउनदेखी कात्र्तिकसम्म चार महिनाको एकमुष्ट रुपले पाउने १२ हजार रकम सो बैंकले प्राविधिक कारण भन्दै आइतबार उनीहरुलाई घर फर्काएका छन् । 
    यता नगरपालिकाका सामाजिक शाखाका नायब सुब्बा अजय साहले सम्बन्धित बैंकमा सामाजिक सुरक्षा भत्ता वापतको रकम गइसकेको जानकारी दिदै बितरण नहुनको कारण भने आफूलाई थाहा नभएको बताए छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

आगलागी चार घर नष्ट, बीस लाखको क्षति
आगलागी चार घर नष्ट, बीस लाखको क्षति
पाँच दिने आईसीटी तालिम सम्पन्न
पाँच दिने आईसीटी तालिम सम्पन्न
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन