प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
बुधबार, मंसिर २५, २०७६
|
|
१११ पटक हेरिएको
Shares
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

सारांश

  •     राजविराजमा निर्माण हुने भनिएको सो प्रतिष्ठान निर्माण कार्यलाई तिब्रता प्रदान गर्न दवावका लागी गठित जन दवाव समितिका संयोजक सुखराम यादवको अगुवाईमा निमित्त प्रमुखु जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
  •       २०७५ साल पुस २३ गतेको मन्त्री परिषदको बैठकले सप्तरीको राजविराज १० बिरोलमा  रामराजा प्रसाद सिंह स्वास्थय विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका थियो ।
  • जस अनुसार प्रतिष्ठान निर्माण काम अघि बढाउन दुई महिना अघि यहाँ पुर्वाधार तयारी विकास समितिको कार्यालय पनि स्थापना समेत गरि सकिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर । 
    रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रकृया विभिन्न बहानामा ढिलाई भएको भन्दै निर्माण कार्यलाई तिब्रता दिन दवाव दिने उद्देश्यले गठित संघर्ष समितिले मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
    राजविराजमा निर्माण हुने भनिएको सो प्रतिष्ठान निर्माण कार्यलाई तिब्रता प्रदान गर्न दवावका लागी गठित जन दवाव समितिका संयोजक सुखराम यादवको अगुवाईमा निमित्त प्रमुखु जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । 
    २०७५ साल पुस २३ गतेको मन्त्री परिषदको बैठकले सप्तरीको राजविराज १० बिरोलमा  रामराजा प्रसाद सिंह स्वास्थय विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका थियो । जस अनुसार प्रतिष्ठान निर्माण काम अघि बढाउन दुई महिना अघि यहाँ पुर्वाधार तयारी विकास समितिको कार्यालय पनि स्थापना समेत गरि सकिएको छ । 
    प्रतिष्ठान निर्माण हुने स्थलमा माटो परिक्षण, भूमीको अवस्था, बातावरणीय प्रभाव र मुल्यांकन तथा डिपिआर लगायतका काम अघि बढाउन प्रारम्भीक खर्च वापत ४० करोड रुपैया बजेट समेत समितिलाई उपलब्ध गराई सकिएको छ तर, पनि ति कामहरु अघि बढन नसकेकोमा चिन्ता व्यक्त गर्दै ज्ञापन पत्र मार्फत प्रधानमन्त्री स्वयमबाट यस विषयमा आवश्यक पहल हुनुपर्ने माग गरिएको छ । 
    प्रतिष्ठानका लागी आवश्यक गतिविधि सुरु नभएको तथा प्रतिष्ठान नै अन्यत्र निर्माण हुने हल्ला चलेको तथा प्रतिष्ठान निर्माण कार्यमा भईरहेको ढिलाईका कारण स्थानिय जनतामा निरासा छाएको भन्दै ज्ञापन पत्र मार्फत अविलम्ब आवश्यक पहल गर्न प्रधानमन्त्री सँग आग्रह गरिएको  छ । 
    प्रतिष्ठान निर्माण हुनु अगावै विभिन्न बहानामा अन्यत्र सार्ने षडयन्त्र समेत भईरहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत स्थानिय जनतामा परेको भ्रम र अन्यौलता चिर्न यथासिघ्र प्रधानमन्त्री स्वयमको करकमलबाट प्रतिष्ठानको शिलान्यास कार्य गर्न आग्रह पनि गरिएको  छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
जसपा वरिष्ठ नेता यादवको निधन
जसपा वरिष्ठ नेता यादवको निधन
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
रगतको अभाव भएपछि साटासाट प्रणाली लागु 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
काँग्रेस बुथ सभापति खंगको निधन
काँग्रेस बुथ सभापति खंगको निधन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन
संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन