अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 

राजविराज राजविराज
|
सोमबार, पौष ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
अत्याधिक बढेको चिसोका कारण पाँच स्थानियतहको सामुदायिक बिद्यालय बन्द 

सारांश

  •     राजबिराज नगरपालिकाले केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
  • नगरपालिकाले आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
  •     यस नगरपालिका मातहतका ४२ वटै सामुदायिक विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार यादबले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    पुस महिनाको सुरुवातसँगै अत्याधिक चिसो बढेपछि बालबालिकाहरुलाई विद्यालय जान कठिनाई भएको भन्दै सप्तरीका पाँच स्थानिय तहले सामुदायिक विद्यालयहरु केही दिनका लागि बन्द गरेको छ । 
    राजबिराज नगरपालिकाले केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइतवारदेखि मंगलवारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
    यस नगरपालिका मातहतका ४२ वटै सामुदायिक विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार यादबले जानकारी दिएका छन् ।
    त्यसैगरि जिल्लाको सप्तकोशी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरु बिहीबारदेखी पाँच दिनका लागि बन्द गरिएको छ । 
    यसैगरी छिन्नमस्ता गाउपालिकाले आईतवारदेखि तीन दिन सम्मका लागि पालिका मातहतका सामुदायिक तथा निजि बिद्यालयहरूको पठनपाठन बन्द गरेको छ ।
    यसैबीच सप्तरीको रुपनी   गाउँपालिकाले सोमबारदेखि तीन  दिन सम्मका लागि जाडो बिदा दिने निर्णय गरेको छ । 
    गाउँपालिकाका प्रशासकिय अधिकृत ललनकुमार यादवले आइतबार सुचना जारि गर्दै गाउँपालिका भित्र पर्ने सम्पुर्ण संस्थागत (निजी) तथा सामुदायिक बिद्यालय पुस ७ गतेदेखि पुस ९ गते सम्मका लागि चिसो बढेकाले बन्द गर्न सम्बन्धित सबैलार्ई  अपिल  गरेका छन् ।
    त्यस्तै जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाले समेत हवासँगै बढेको चिसोका कारण सोमबारदेखी शुक्रबारसम्म पाँच दिन सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको छ । 
    यता तिलाठी कोईलाडी गाउँपालिकाले बिहीबारदेखी तीन दिनसम्म विद्यालय बन्द गरेको थियो । आइतबारदेखी उक्त पालिकाका विद्यालयहरु खोलिए पनि चिसो बढ्ने सम्भावना भएमा विद्यालय पुनः केही दिनका लागि बन्द गर्न सकिने गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन ।
    यता अत्याधिक चिसो र शितलहर बढेपछि जनजिवन प्रभावित हुनुका साथै बजारमा मानिसकहरुको चहलपहल समेत कम भएको छ । हावा समेत चल्ने हुनाले चिसो बढेपछि बालबालिकालाई विद्यालय जान समस्या भएपछि विभिन्न स्थानिय तहका विद्यालयहरु केही दिनका लागि बन्द गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?