राजबिराज÷राजविराजमा संचालित अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा शिब्स इन्टरनेश्नल र लिटिल एन्जल बिजयी भएका छन् ।
सप्तरी क्रिकेट संघको सहकार्यमा ग्रिन नेपाल राजबिराजद्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा पबिमाबिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेका थिए ।
पबिका लागि गुड्डु रायले नटआउट रहि ३७ तथा कि«स राय १६, शौरभ झा १२, संजय यादव ११ र बिष्णु मण्डल नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ शिब्सका तर्फबाट बिशाल यादवले ३ तथा राज बर्मा र अजय यादवले १÷१ बिकेट लिएका थिए ।
एक सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले उक्त लक्ष्य १३ ओभरमा १ बिकेटको नोक्सानीमै सजिलै भेटाएका थिए । शिब्सका लागि भोला साहले नटआउट रहदै ४३ बलमा ९ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने कमल किशोर मण्डलले ३४ बलमा नटआउट रहि २७ रनको योगदान दिएका थिए । पबिका तर्फबाट १ मात्र बिकेट बिष्णु मण्डलले प्राप्त गरेको थियो ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरेका शिब्स ईन्टरनेश्नलका भोला साहलाई कामना बिकास बैंकका प्रबन्धक सुर्यनारायण मुखियाले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
त्यस्तै शनिवारै सम्पन्न दोश्रो खेलमा लिटल एन्जलले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो ।
लिटल एन्जलका लागि नितेश यादवले ४३ बलमा ७ चौक्काको मद्धतले नटआउट रहि ५६ रनको योगदान दिएका थिए भने भोगेन्द्र यादवले ३८ रनको योगदान दिएका थिए । बलिंग तर्फ केअमाबिका तर्फबाट गोलु सिंह, संतोष मण्डल, मो. सदाम र मो. सेहनबाजले सामान १ बिकेट लिएका थिए ।
एक सय ५२ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको पबिमाबि लिटल एन्जलको धारिलो बलिंग सामु निरिह हुदै १३ ओभर ४ बलमै आफनो सम्पुर्ण बिकेट गुमाई ६३ रनमै समेटिएको थियो । पबिलाई सस्तोमा समेटन लिटल एन्जलका तर्फबाट गणेश झा, रुपक यादव, नितेश यादव र राहुल बिकले सामान २ बिकेट तथा आशुतोष यादवले १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच अलराउण्ड प्रर्दशन गरे वापत लिटल एन्जलका नितेश यादवलाई प्रभु बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक राजकुमार साहले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
शिब्स इन्टरनेशनल र लिटल एन्जल बिजयी
सारांश
- एक सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको शिब्सले उक्त लक्ष्य १३ ओभरमा १ बिकेटको नोक्सानीमै सजिलै भेटाएका थिए ।
- शिब्सका लागि भोला साहले नटआउट रहदै ४३ बलमा ९ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने कमल किशोर मण्डलले ३४ बलमा नटआउट रहि २७ रनको योगदान दिएका थिए ।
- पबिका तर्फबाट १ मात्र बिकेट बिष्णु मण्डलले प्राप्त गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया