राष्ट्रिय एकता दिवस मनाइयो 

राजविराज राजविराज
|
आइतबार, पौष २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रिय एकता दिवस मनाइयो 

सारांश

  •     राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पृथ्वी नारायाण शाहले राष्ट्रका लागी गरेको योगदान बारे चर्चा गरेका थिए ।
  •     कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुभासचन्द्र झाले विगतमा राष्ट्रिय एकताका प्रतिक पृथ्वी नरायण शाहको जन्मजयन्ती मनाउँदा दिईने गरिएको विदा कटौती गरिनु दुर्गाग्य पुर्ण भएको बताए ।
  • उनले यसलाई सच्याई आजका दिन सार्वजनिक विदा दिनुपर्ने सरकारसँग माग समेत गरे ।

दैनिक समाचारदाता
राजबिराज, २७ पुस । 
    २९८ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस आईतबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले पृथ्वी नारायाण शाहले राष्ट्रका लागी गरेको योगदान बारे चर्चा गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुभासचन्द्र झाले विगतमा राष्ट्रिय एकताका प्रतिक पृथ्वी नरायण शाहको जन्मजयन्ती मनाउँदा दिईने गरिएको विदा कटौती गरिनु दुर्गाग्य पुर्ण भएको बताए । उनले यसलाई सच्याई आजका दिन सार्वजनिक विदा दिनुपर्ने सरकारसँग माग समेत गरे । 
    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य ललिता मण्डल, क्षेत्रिय सभापति परमेश्वर साह, तेज नारायण साह, जागेश्वर यादव, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले समेत पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल निर्माणको प्रकृयामा आज पनि उतिकै महत्वपूर्ण रहेको बताए । आयोजित कार्यक्रम बद्री नारायण झाले संचालन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?