कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
१६ पटक हेरिएको
Shares
कोरोना भाइरसबाट बच्न विमानस्थलमा हेल्थडेस्क

सारांश

  •     कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम रहेकोले नगरपालिका मातहतका स्वास्थ्यकर्मी राखेर हेल्थडेस्क मार्फत स्वास्थ्य परिक्षण तथा प्रशिक्षण सेवा शुरु गरेको हो ।
  •       विमानस्थलमा नगरपालिकाकाले तीन सदस्यीय स्वास्थ्यकर्मीको टिम खटाएका छन् ।
  • राजविराज विमानस्थलमा बाहिरबाट आउने यात्रुको परिक्षण गर्दा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिए तत्कालै थप परिक्षण र उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा रेफर गरिने नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।

दैनिक समाचरादाता
राजविराज, २७ माघ ।
    राजविराज स्थित विमानस्थलमा राजविराज नगरपालिकाले कोरोना भाइरसबाट जोगिन सोमवार हेल्थडेस्कको स्थापना गरेको छ । 
    कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिम रहेकोले नगरपालिका मातहतका स्वास्थ्यकर्मी राखेर हेल्थडेस्क मार्फत स्वास्थ्य परिक्षण तथा प्रशिक्षण सेवा शुरु गरेको हो । 
    विमानस्थलमा नगरपालिकाकाले तीन सदस्यीय स्वास्थ्यकर्मीको टिम खटाएका छन् । राजविराज विमानस्थलमा बाहिरबाट आउने यात्रुको परिक्षण गर्दा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिए तत्कालै थप परिक्षण र उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा रेफर गरिने नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् । 
    उनले स्वास्थ्य परिक्षणका साथै यात्रुहरुलाई कोरोना भाईरस रोगको लक्षण र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिने कार्य समेत थालिएको बताए ।
    हेल्थडेस्क स्थापनाको पहिलो दिन ५० जनाको परिक्षण गरिएपनि कोरोना भाईरसले संक्रमित व्यक्ति भने कोही फेला नपरेको स्वास्थ्य परिक्षण टिमका प्रमुख आशिष चौधरीले बताए । 
    कोरोना भाईरस संक्रमित व्यक्ति भित्रिन सक्ने उच्च जोखिमलाई ध्यानमा राखेर राजविराज विमानस्थलको निकासद्वारमा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य परिक्षण र प्रशिक्षण सेवा सुरु गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए । 
    उनले कोरोना भाईरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन तालिम प्राप्त स्वास्थ्यकर्मीलाई हेल्थडेस्कमा खटाई परिक्षण सँगसँगै सचेतना मुलक प्रशिक्षण दिने व्यवस्था समेत मिलाईएको बताए । आवश्यकता परे सप्तरीको विभिन्न नाकाक्षेत्रमा समेत हेल्थडेक्स स्थापना गर्ने तयारी भईरहेको उनको भनाई छ । 
    यता तिलाठी कोईलाडी गाउँपालिकाले शनिवारदेखी बेल्ही भन्सार कार्यालयको मुल गेट नजिकै हेल्थडेस्क संचालनमा ल्याईएको गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
    माहामारीको रुपमा फैल्न सक्ने कोरोना भाईरस फैल्न नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको पहिचान र उचित उपचारका लागि यहाँ भईरहेको तयारी प्रससनिय रहेको स्थानियहरु बताउँछन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?