नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन

राजविराज राजविराज
|
मंगलबार, आषाढ ९, २०७७
|
|
८४ पटक हेरिएको
Shares
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन

सारांश

  •     नागरिकता ऐन संशोधन प्रस्ताव संविधानको मर्म विपरीत रहेको भन्दै मंगलबार राजबिराजमा युवाहरूले सोको बिरोध गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् ।
  • उनीहरुले बिभेदकारी नागरिकता बिधेयक खारिज गर्नुपर्ने माँग गरेका छन् ।
  •       स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको विभिन्न ठाउमा प्रदर्शन गर्दै दशन चौकमा बिरोध सभामा परिणत भएको थियो ।

चन्दन यादव
राजविराज, ९ असार ।
    जनता समाजवादी पार्टीका यूवा विद्यार्थीहरुले मंगलबार राजविराजमा नागरिकता ऐन संशोधन प्रस्तावको खारेजीको माँग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । 
    नागरिकता ऐन संशोधन प्रस्ताव संविधानको मर्म विपरीत रहेको भन्दै मंगलबार राजबिराजमा युवाहरूले सोको बिरोध गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् । उनीहरुले बिभेदकारी नागरिकता बिधेयक खारिज गर्नुपर्ने माँग गरेका छन् । 
    स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध ¥याली नगरको विभिन्न ठाउमा प्रदर्शन गर्दै दशन चौकमा बिरोध सभामा परिणत भएको थियो । बिरोध प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो ।
    सो बिरोध सभामा जनता समाजवादी पार्टीका नेता दिनेश यादबले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको संविधान संशोधन प्रस्तावको खारेजको माँग गरेका छन् ।
    यस्तै जसपा नेपालका बिद्यार्थी नेता शम्भुकुमार यादबले अन्तरिम संविधान २०६३ ले गरेको व्यवस्थाबाट पछि हट्ने र नागरिकलाई दिइएको अधिकार कटौति हुने भन्दै नागरिकता ऐनमा प्रस्तावित संशोधन संघीय कानून विपरित हुने र यसले संविधान नै संशोधन हुने बताएका छन् ।
    बिरोध कार्यक्रममा राजबिराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादब, जनता समाजवादी पार्टीका युवा नेता केदार यादब, सुनिल कुमार झा, सत्यनारायण यादब, लक्ष्मण यादब, किशोर कुमार यादब, विशाल यादब, शिवशंकर यादब, संजय यादब, मनोज झालगायत दर्जनौ युवाबिद्यार्थी तथा जनता समाजवादी पार्टी नेताहरूको उपस्थिती रहेको थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा
किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
हरवा चरवाको ज्याला निर्धारण गर्न माग
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
पोखरीमा डुबेर  नाबालकको मृत्यु
पोखरीमा डुबेर  नाबालकको मृत्यु
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बृक्षारोपण गरेर सबलले मनायो स्थापना दिवसमा 
बालक बेपत्ता हुने क्रम वृद्धि
बालक बेपत्ता हुने क्रम वृद्धि
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी