नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, आषाढ १७, २०७७
|
|
११२ पटक हेरिएको
Shares
नागरिकता विधेयक खारेजीको माँग गर्दै काँग्रेसद्वारा  नयाँ–नयाँ शैलीमा प्रदर्शन

सारांश

  •     कहिले नाचगानका साथ, त कहिले प्रधानमन्त्रीको पुतला दहन, त कहिले सांकेतिक रुपमा मलामीसहित बिरोध प्रदर्शनमा उत्रिएको छ ।
  •       यसैबीच बुधबार पनि काँग्रेस सप्तरीले जिल्लाभरि प्रदर्शन गरेको छ ।
  • बुधबार काँग्रेसका नेता कार्यकर्ताहरुले भ्रष्टाचारी, निरंकुश र बलात्कारी सरकार लेखेको कालो ब्यानर ओढेर प्रदर्शन गरेको छ ।

चन्दन यादव
राजविराज, १७ असार । 
    नेपाली काँग्रेस सप्तरीले एक हप्ता भन्दा बढी समयदेखी राजविराजमा नागरिकता बिधेयकको खारेजी लगायत अन्य माँगसहित नयाँ–नयाँ शैलीमा दिनँहु बिरोध प्रदर्शन गर्दै आइरहेको छ । 
    कहिले नाचगानका साथ, त कहिले प्रधानमन्त्रीको पुतला दहन, त कहिले सांकेतिक रुपमा मलामीसहित बिरोध प्रदर्शनमा उत्रिएको छ । 
    यसैबीच बुधबार पनि काँग्रेस सप्तरीले जिल्लाभरि प्रदर्शन गरेको छ । बुधबार काँग्रेसका नेता कार्यकर्ताहरुले भ्रष्टाचारी, निरंकुश र बलात्कारी सरकार लेखेको कालो ब्यानर ओढेर प्रदर्शन गरेको छ । 
    राजविराजस्थित पार्टी कार्यालयबाट निस्केको बिरोध प्रदर्शनमा नागरिकता विधेयक खारेजी, अव्यवस्थित क्वारेनटाइनलाई व्यवस्थित गर्न, किसानहरुलाई सहुलियत दरमा मलखादको व्यवस्था गर्न, पिसिआर परिक्षणको दायरा बढाउन लगायत प्रधानमन्त्रीको राजिनामा समेत समेत गरेका छन् । 
    जिल्ला सभापति दिनेश यादबको अगुवाईमा निस्केको बिरोध प्रदर्शन राजबिराजको बिभिन्न ठाउमा नारावाजी गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोधसभामा परिणत भएको थियो ।
    कोण सभामा काँग्रेसका यूवा नेता ईर्साद अंसारीले भारतसँग नेपालको सम्बन्ध बिगार्न र वर्तमान सरकारले मधेशी जनतालाई टुक्राउने षडयन्त्र गर्न खोजेको आरोप लगाए ।
    बिरोध सभामा जिल्ला सभापति दिनेश यादब, क्षेत्रिय सभापति महानन्द यादब, बिधार्थी नेता रामचन्द्र यादब, राजिव राय, महिला नेतृ सुशिला यादब, डाक्नेश्वरी युवा नेता जीवन यादब, युवा नेता अमरेन्द्र यादब, मोहनी साफी, राजबिराज नगर सभापति शम्भुलाल देव, क्षेत्रिय सचिव अरूण मण्डल, प्रभात कुमार ललन लगायत नागरिकता बिधेयक खारेजको माग गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
दुर्घटनामा मोटरसाइकल चालकसहित छोराछोरी  तथा म्याजिकको ठक्करबाट महिला घाइते
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
पाँच महिनादेखी तलब नखाएको भन्दै राविनपाका सरसफाई कर्मचारी आन्दोलित 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ