दैनिक समाचारदाता
राजविराज, १८ असार ।
सप्तरीमा बिहीबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
बिहीबार संक्रमण भेटिएका मध्येबाट ८ जना जिल्लाको बलानबिहुल गाउँपालिकास्थित क्वारेन्टाइनका रहेका छन् भने एक जना सोही क्वारेन्टाइमा रहेका सिरहा निवासी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् ।
यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ पुगेको छ भने राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा १ सय १७ जनाको उपचार भइरहेको अस्पतालका मेसु डा. झाले बताए ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार साँझसम्मा संक्रमितको संख्या १४ ५ सय १९ पुगेको तथा निको हुनेको संख्या ५ हजार ३ सय २० जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सारांश
- बिहीबार संक्रमण भेटिएका मध्येबाट ८ जना जिल्लाको बलानबिहुल गाउँपालिकास्थित क्वारेन्टाइनका रहेका छन् भने एक जना सोही क्वारेन्टाइमा रहेका सिरहा निवासी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
- यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ पुगेको छ भने राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा १ सय १७ जनाको उपचार भइरहेको अस्पतालका मेसु डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया