व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
४२ पटक हेरिएको
Shares
व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह

सारांश

  •     तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई शुक्रबार ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सो कुरा बताएका हुन् ।
  •   दिनानुदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणप्रति आमजनमानस सचेत हुनु आवश्यक रहेको बताए ।
  •     सो कार्यक्रमका अस्पतालका अध्यक्ष डा.

दैनिक समाचारदाता
राजविराज, १९ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत सतर्कता अपनाउनु नै अहिले सबै भन्दा उत्तम विकल्प भएको बताएका छन् ।
    तृप्ती मेमोरियल नाक, कान तथा घाँटी अस्पताल तिलाठीद्वारा स्वास्थ्यकर्मीलाई शुक्रबार ब्यक्तिगत सुरक्षा उपकरण वितरण कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सो कुरा बताएका हुन् । 
दिनानुदिन बढ्दै गएको कोरोना भाइरसको संक्रमणप्रति आमजनमानस सचेत हुनु आवश्यक रहेको बताए ।
    सो कार्यक्रमका अस्पतालका अध्यक्ष डा. अनिलकुमार झाले कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएकोले सावधानी अपनाउनुका साथै सामाजिक दुरीलाई ख्याल गर्नु अतिआवश्यक भएको बताए । 
    कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, अस्पतालका उपाध्यक्ष तथा आर्ट अफलिभिङ्गका निर्देशक ईन्जिनियर किशार कुमार झालगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । 
    सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा आठ वटै स्वास्थ्य संस्था प्रमुख, छिन्नमस्ता गाउँपालिकाको वरहीविरपुर र लोखरम स्वास्थ्य संस्था, राजविराज नगरपालिका वडा नं. १३ र १५, भारदह अस्पताल र बरमझिया स्वास्थ्य संस्थालाई ब्यक्तिगत सुरक्षा उपकरण, साबुन र मास्कवितरण गरिएको अस्पतालका मनोज कुमार झाले जानकारी दिए । 
    कार्यक्रममा भारदह अस्पतालका डा. अनिलकुमार रजकले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगाउने र फुकाल्ने तरिकाबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?