दैनिक समाचारदाता
राजविराज, २४ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराकाबासिले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर, सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा परेको भन्दै बुधबार राजविराजमा प्रदर्शन गरेका छन् ।
गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।
यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
सारांश
- गाउँबाट प्रदर्शनसहित राजविराज आइपुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
- पीडितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रामलखन साहको अगुवाइमा प्रदर्शन पश्चात् प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा वर्षायाम र बाढीका बेला पानी निकासका लागि वर्षौदेखी प्रयोग गरिदै आएको चोरनी खोलाको मुहान गाउँकै एक पक्षले आफ्नो जग्गा हुँदै नजान दिने भन्दै मुहान बन्द गरिदिएपछि आधा दर्जन घर डुवानमा पर्नुका साथै ९२ किसान परिवारको १ सय २५ विगहा धान खेती जग्गा डुवानमा परेको उल्लेख गरिएको छ ।
- यस्तै मुहान थुनिदा पानीको उच्च दवावले कुनौली–सकरपुराको १५ फिट बाटोसमेत बगाएको र सर्वसाधारणलाई आवतजावतमा समस्या भएको भन्दै ज्ञापनपत्र मार्फत अविलम्ब थुनिएको मुहान खोल्ने व्यवस्था नगरिए बाध्य भई आन्दोलनमा उत्रिन चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया