कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद

राजविराज राजविराज
|
मंगलबार, भाद्र ९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद

सारांश

  •     सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं.
  • गण सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाबाट अवैध रुपमा भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटरसहित ६ वटा डुङ्गा पनि नियन्त्रणमा लिएको हो ।
  •       प्रत्येक बोरामा २० किलोका दरले रहेको उक्त हरियो मटरको बजार मुल्य तीन लाख ५० हजार रहेको सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं.

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
    डुङ्गामा लोड गरि अवैध तरिकाबाट भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर कोशी किनारबाट मंगलबार बिहान सशस्त्र प्रहरी सप्तरीले नियन्त्रणमा लिएको छ । 
    सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गण सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाबाट अवैध रुपमा भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटरसहित ६ वटा डुङ्गा पनि नियन्त्रणमा लिएको हो । 

    प्रत्येक बोरामा २० किलोका दरले रहेको उक्त हरियो मटरको बजार मुल्य तीन लाख ५० हजार रहेको सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन । नेपाल भन्दा भारतमा मटरको बिक्रि मुल्य बढी रहेकोले तस्करहरुले ३ वटा सानो र ३ वटा ठूलो डुङ्गामा लोड गरि बिहान ४ बजेतिर भारततर्फ लैजाने क्रममा शसस्त्र प्रहरीले गस्ति टोलीले नियन्त्रण लिएको उनले बताए । यता तस्करहरु अध्यारोको फाइदा उठाएर फरार भएको उनको भनाई छ । 

    सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले कोशी नदीको बाटो हुँदै यसअघि पनि डुङ्गाबाट विभिन्न सामानहरु भारततर्फ तस्करी हुने गरेको सूचना पाएपछि कोशी नदी वरिपरि निगरानी बढाएको बताए । 

    यसअघि सशस्त्र प्रहरीले बुधबार ३० लाख मुल्य पर्ने ६ सय कार्टुन मदिरा ट्रकमा लोड गरि भारततर्फ लगिदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिकाको बनैनियाको झौरहा चैक नजिकैबाट नियन्त्रणमा लिएको थियो । 
    यता नियन्त्रणमा लिइएको मटर र डुङ्गालाई तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार  अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
जंगली हात्ति धपाउन  चार राउण्ड हवाई फायर 
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट