धानबालीमा गवारो रोग लागेपछि सप्तरीका किसान चिन्तित

राजविराज राजविराज
|
मंगलबार, भाद्र ९, २०७७
|
|
३६ पटक हेरिएको
Shares
धानबालीमा गवारो रोग लागेपछि सप्तरीका किसान चिन्तित

सारांश

  •     सप्तरीमा सर्वाधिक धान खेती हुने गरेको छ ।
  • तर, गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका छन् ।
  •       जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, खडक गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा रहेका धानखेतीमा अहिले गवारो रोगको प्रकोप बढी देखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
    सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप देखिनथालेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएपछि अहिले सो रोगका कारण किसानहरु मारमा परेका छन् । 
    सप्तरीमा सर्वाधिक धान खेती हुने गरेको छ । तर, गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका छन् । 
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, खडक गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा रहेका धानखेतीमा अहिले गवारो रोगको प्रकोप बढी देखिएको छ । 

    तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखी ७० प्रतिशत क्षति पु¥याएको बताए । प्रकोप नियन्त्रणका लागि तथा किसानहरुलाई राहत प्रदान गर्न गाउँपालिकाको साधानश्रोतले भ्याएसम्म पहल गरिरहेको बताएका उनले रोग नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई पनि सहयोगका लागि आग्रह गरेको बताए । 
    बाढी र कोरोनाको कहरबाट उन्मूक्ति नपाउँदै धान खेतीमा देखिएको गवारो रोगको प्रकोपले आफुहरु थप मारमा परेको कृषक श्यामकुमार मण्डलको भनाई छ । यस्तै गुनासो अन्य कृषकहरुले पनि गरेका छन् । उनीहरुले गवारो रोग रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानिय, प्रदेश र संघीय सरकारसँग आग्रह समेत गरेका छन् । धानबालीमा किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानहरुको भनाई छ । 
    खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथा प्रतिकुल वातावरणका कारण धानबालीमा किराको प्रकोप बढेको कृषि विज्ञहरुको भनाई छ । कृषि ज्ञान केन्द्र राजविराजका कृषि विज्ञ राजेन्द्र प्रसाद यादवले पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको बताए । उनले खेतमा प्रयोग गरिने रसायनिक मल, डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि प्रहरी क्षेत्रमा प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए । जिल्लामा यस पटक ६२ हजार ८ सय हेक्टर जग्गामा धान खेती भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह