दैनिक समाचारदाता
राजविराज, ९ असोज ।
सप्तरीमा थप एक संक्रमितको शुक्रबार मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि गत भदौं २६ गते धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका राजविराज ३ निवासी ७० वर्षिय पुरुषको सोही अस्पतालमा शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या देखिएपछि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि थपउपचारका लागि उनलाई धरान रेफर गरिएको थियो ।
यसअघि जुम्ल्याहा दाजु भाई मध्ये दाजुको भदौं १३ गते मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या र उच्च ज्वरो देखिएपछि उपचारका लागि परिवारजनले धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
पिसिआर परिक्षण गर्न नभ्याएका उनको बाटोमै मृत्यु भएपछि परिवारजनले अन्त्येष्टि गरेका थिए ।
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १३ पुग्यो
सारांश
- जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि गत भदौं २६ गते धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका राजविराज ३ निवासी ७० वर्षिय पुरुषको सोही अस्पतालमा शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
- श्वास प्रश्वासमा समस्या देखिएपछि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि थपउपचारका लागि उनलाई धरान रेफर गरिएको थियो ।
- यसअघि जुम्ल्याहा दाजु भाई मध्ये दाजुको भदौं १३ गते मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया