जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

राजविराज राजविराज
|
आइतबार, पौष १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

सारांश

  •     प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो ।
  • जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो ।
  • लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२  तथा राजेशले १ बिकेट लिएका थिए ।

    राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । 
    प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ । 
    टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले  २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो । 
    प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो । जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो । लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२  तथा राजेशले १ बिकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बैरियाका बिशाल घोषित भए । प्रतियोगिता अन्तर्गत आईतवार मिर्चैया सिरहा र कुशहा सप्तरीको बीच हुने आयोजकले जनाएको छ ।     यसअघि आयोजक खेलकुद समिति अध्यक्ष मो. मन्सुर अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अभिषेक प्रसाद यादवले उद्घाटन गरेका थिए । 
    को कार्यक्रममा अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मो. मजेवुल रहमान, जिल्ला समन्वय समिति सप्तरी सदस्य मो. दाउद हुसेन, राजपा नगर संयोजक अमरेन्द्र यादव, नेकपा युवा नेता प्रमोद यादव, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक प्रदिप सिंह, पत्रकार लोकेन्द्र प्रसाद यादवले बोल्नुभयो । 
    प्रतियोगिताको बिजेताले रु. ५१ हजार मेडल र उपबिजेताले रु. ३१ हजार हात पार्ने छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
घुस लिँदै गर्दा वडाध्यक्षलाई अख्तियारले समात्यो, अध्यक्षका छोराद्वारा प्रपन्च रचि फसाएको दाबी
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा