बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
२३ पटक हेरिएको
Shares
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 

सारांश

  •     बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
  •       लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
  •     सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    राजविराजस्थित प.बि.मा.बि. मा बिहीबार बाल विवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
    बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
    सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।
    कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका उपाध्यक्ष मीना साह, पत्रकार पिन्टुकुमार यादवले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामाग्रीमा समावेश गर्नुपर्ने बताए ।
    नेपाल सरकारले सन् २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?