दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजबिराज नगरपालिका उपप्रमुख साधना झा बालबिवाहको न्युनिकरण गर्न समुदाय स्तरमै दवाव सृजना गर्नुपर्नेमा जोड दिएकी छिन् ।
लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत आइतबार राजबिराज ६ स्थित बहिरा स्कुलमा आयोजित बालविवाह सम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रममा बोल्दै उप्रमुख झाले समुदायमा अहिले पनि बालविवाह नरोकिएकोले सुमदाय स्तर दवाव बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएकी छिन् ।
छोरीलाई छोरा सरह शिक्षा, आप्mनो खुट्टामा उभिन तथा शारिरिक रूपमा मजबुत नहुन्जेल विवाह नगर्न उनले आग्रह गरिन् । शिक्षित घरपरिवारका अभिभावकबाटै २० पूरा नहुदै युवतीहरुको विवाह गर्ने गरेको आरोप लगाउदै उनले वालविवाहलाई निरूसाहित गर्नुपर्ने बताईन ।
समग्र जनउत्थान केन्द्र राजबिराजको आयोजित कार्यक्रकमा जिल्ला प्रहरी कार्यालय सप्तरीका नायव उपरिक्षक भुवनेश्वर साहले बालविवाहका कारण महिलाहरूको अकाल मै मृत्यु हुने गरेको बताउँदै बालविवाहलाई निरूसाहित गर्नका लागि समुदायका जिम्मेवार ब्यक्तीहरूले समाजवाट बालविवाहको अन्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सहजिकरण गर्दै साहले कानुनको दायरामा बसेर २० बर्ष पूरा नहुन्जेल बिवाह गर्नु ठुलो अपराध भएकोले त्यस्ता गर्ने र गराउनेलाई कानुनी कारवाही हुने बताए । दहेज नदिई बेटीलाई शिक्षित बनाएमा आफै केटा पक्षले केटी खोज्दै आउने बताउदै उनले छोरा सरह छोरीलाई उच्च शिक्षा दिनु पर्नेमा सुझाव समेत दिए ।
सो अवसरमा १६ दिने अभियानका संयोजक मनोहर पोखरेल, अधिकारकर्मी सुनिता साह, पार्थो सरकार, सुष्मा दास, हितनारायण लाल दास लगायत स्थानिय महिला तथा किशोरीहरूको उपस्थिति रहेको थियो ।
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
सारांश
- लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत आइतबार राजबिराज ६ स्थित बहिरा स्कुलमा आयोजित बालविवाह सम्बन्धी अन्तर पुस्ता संवाद कार्यक्रममा बोल्दै उप्रमुख झाले समुदायमा अहिले पनि बालविवाह नरोकिएकोले सुमदाय स्तर दवाव बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिएकी छिन् ।
- छोरीलाई छोरा सरह शिक्षा, आप्mनो खुट्टामा उभिन तथा शारिरिक रूपमा मजबुत नहुन्जेल विवाह नगर्न उनले आग्रह गरिन् ।
- शिक्षित घरपरिवारका अभिभावकबाटै २० पूरा नहुदै युवतीहरुको विवाह गर्ने गरेको आरोप लगाउदै उनले वालविवाहलाई निरूसाहित गर्नुपर्ने बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया