राजबिराज÷राजबिराज नगरपालिकाको मुसहरियामा पहिलो पटक किशोरीहरूको क्षमता अभिबृद्विका लागि अन्तर वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
शनिवार राजबिराज वडा १५ स्थित जनता आधारभुत बिद्यालय मुसहरनियामा वडा बाल संरक्षण समितिको आयोजनामा सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा किशोरकिशोरी कार्यक्रम अन्तर्गत ब्याटमिन्टन खेलको आयोजना गरिएको हो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत वडास्तरिय किशोरीहरू बिच आयोजित अन्तर बिद्यालय ब्याटमिन्टन खेलमा रंजन कुमारी यादब प्रथम, किरण राम दोस्रो तथा रेणु कुमारी यादब तेस्रो तथा सान्त्वना स्थान रंजन कुमारी मण्डलले प्राप्त गरिन् ।
सो अवसरमा राजबिराज नगरपालिका वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा सदस्य दलुराम, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मिश्रीलाल यादब, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरी लगायतले प्रथम, द्वितिय र तृतिया स्थान प्राप्त गरेकालाई कप प्रदान गरे ।
यता शुक्रवार वडा बाल संरक्षण समिति मुसहरनियाँको आयोजनामा बालवालिका बिच बकतित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सो अन्तर्गत चित्र कला प्रतियोगितामा रसिदा खातुन प्रथम, सोनी कुमारी मण्डल दोस्रो, आयुष कुमार शर्मा तृतिय भएका छन भने महेश कुमार शर्मा सान्तवना पुरस्कार प्राप्त गरे ।
यसैगरी शब्द लेखन प्रतियोगितामा चाँदनी कुमारी शर्मा प्रथम, मो. अब्दुल दोस्रो, अरबिन्द यादब तृतिय स्थान हासिल गरेका छन भने नितु कुमारी मण्डलले सान्त्वना स्थान प्राप्त गरेका छन ।
त्यसैगरी बक्तित्व कला प्रतियोगितामा रेणु कुमारी यादब प्रथम, ज्योती कुमारी मण्डल दोस्रो, सुजित कुमार मण्डल तृतिय घोषित भएका छन भने निराजन कुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरेको सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरीले जानकारी दिए ।
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
सारांश
- सो अवसरमा राजबिराज नगरपालिका वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा सदस्य दलुराम, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मिश्रीलाल यादब, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरी लगायतले प्रथम, द्वितिय र तृतिया स्थान प्राप्त गरेकालाई कप प्रदान गरे ।
- यता शुक्रवार वडा बाल संरक्षण समिति मुसहरनियाँको आयोजनामा बालवालिका बिच बकतित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
- सो अन्तर्गत चित्र कला प्रतियोगितामा रसिदा खातुन प्रथम, सोनी कुमारी मण्डल दोस्रो, आयुष कुमार शर्मा तृतिय भएका छन भने महेश कुमार शर्मा सान्तवना पुरस्कार प्राप्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया