प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश स्तरीय क्रिकेटमा सप्तरीको बिजयी शुरुवात

सारांश

  •     एक सय ८० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले उक्त लक्ष्य २७ ओभरमा भेटाएको थियो ।
  • सप्तरीका लागि कप्तान महवुव आलमले नटआउट रहि ३४ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५९ रन, आशिस झाले ५४ बलमा ८ चौक्का र २ छक्काको मद्धतले ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले नटआउट रहि १५ रनको योगदान दिएका थिए ।
  • बलिंङतर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ बिकेट लिएका थिए ।

    जनकपुर÷धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सम्पन्न खेलमा सप्तरीले सिरहालाई ७ बिकेटले पराजित गरेको छ । 
    बाह्रबिघा मैदानमा भएको खेलमा सप्तरीले टस जिती ब्याटिङका लागि सिरहालाई निम्तो दिए पछि ब्याटिङ गर्न ओर्लेको सिरहाले निर्धारित ५० ओभरको खेलमा ३५ ओभर ५ बलमा आफना सम्पुर्ण बिकेट गुमाई १ सय ७९ रन बनाउन सफल भएको थियो । 
    सिरहाका लागि शुभमान गतराजले ६४ बलमा ८ चौक्काको मद्धतले ४९ रन, प्रदिप पासवानले ३७ तथा राकेश कामेत ३० र रुपेश सिंहले २० रनको योगदान दिएका थिए भने बलिङतर्फ सप्तरीका अजय यादवले ६ ओभरमा ३२ रन दिई ३ बिकेट तथा रोहित सिंह, महवुव आलम र अनुज यादवले सामान २ बिकेट तथा रोबिन सिंहले १ बिकेट लिएका थिए । 
    एक सय ८० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले उक्त लक्ष्य २७ ओभरमा भेटाएको थियो । सप्तरीका लागि कप्तान महवुव आलमले नटआउट रहि ३४ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५९ रन, आशिस झाले ५४ बलमा ८ चौक्का र २ छक्काको मद्धतले ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले नटआउट रहि १५ रनको योगदान दिएका थिए । बलिंङतर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ बिकेट लिएका थिए । 
    खेलको म्यान अफ द म्याच सप्तरीका कप्तान महवुव आलम भएका थिए । आईतवार सप्तरी र महोत्तरी बिच खेल हुने प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
पत्रकार झालाई मातृशोक
पत्रकार झालाई मातृशोक