दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
हुलाकका कर्मचारीलाई निजामती कर्मचारी सरह सेवा सुविधा लागु हुनुपर्ने मुख्य माग राख्दै आन्दोलन गर्ने भएका छन् ।
छाता संगठन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले मंगलबार राजविराजमा पत्रकार सम्मेलनमार्फत आन्दोलनबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा एशोसिएसनका जिल्ला अध्यक्ष देव नारायण यादवले अतिरिक्त कर्मचारीहरुले पेशागत हकहितका विभिन्न १४ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी थालिएको जानकारी दिए ।
आगामी पुस ७ गते नेपाल अतिरिक्त हुलाक कर्मचारीहरुको राष्ट्रिय भेला सदरमुकाम राजविराजमा आयोजना गर्न लागिएको जानकारी दिदै उनले सोही भेलाबाट १४ बुँदे माग सहित आन्दोलनको मिति र स्वरुप सार्वजनिक गर्ने बताए ।
निजामति कर्मचारी सरह सेवा सुविधा, अतिरिक्त हुलाकलाई पनि तालिमको व्यवस्था, विमाको व्यवस्था नागरिक लगानी कोष कट्टा, हुलाक कर्मचारीलाई हुलाक बचत ब्याजबाट ५ लाख ऋणको व्यवस्था, लुगाभत्ताको व्यवस्था लगायत १४ बुँदे माग राष्ट्रिय भेला मार्फत सरकार समक्ष प्रस्तुत गर्ने र दवावका लागी चरणबद्घ आन्दोलन गर्ने एशोसिएसनको निर्णय भएको उनले जानकारी गराए ।
यस अघि पनि पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउँदा पनि वेवास्था गरिएकाले बाध्य भई राष्ट्रिय भेला बोलाई सोही भेला मार्फत आन्दोलनको तयारी थालिएको उनको भनाई छ । हुलाक कर्मचारीहरुका आधारभूत सेवा, सुविधा सम्बोधन नभए सम्म घोषित हुने आन्दोलन नरोकिने उनले बताए । जिल्लामा ९१ अतिरिक्त हुलाक, १७ वटा ईलाका हुलाक र १ जिल्ला हुलाक कार्यालयमा गरी २ सय ८८ कर्मचारी कार्यरत छन् ।
सो पत्रकार सम्मेलनमा प्रदेश १ र २ का जिल्ला एशोसिएसनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग
सारांश
- छाता संगठन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले मंगलबार राजविराजमा पत्रकार सम्मेलनमार्फत आन्दोलनबारे जानकारी दिएको हो ।
- पत्रकार सम्मेलनमा एशोसिएसनका जिल्ला अध्यक्ष देव नारायण यादवले अतिरिक्त कर्मचारीहरुले पेशागत हकहितका विभिन्न १४ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी थालिएको जानकारी दिए ।
- आगामी पुस ७ गते नेपाल अतिरिक्त हुलाक कर्मचारीहरुको राष्ट्रिय भेला सदरमुकाम राजविराजमा आयोजना गर्न लागिएको जानकारी दिदै उनले सोही भेलाबाट १४ बुँदे माग सहित आन्दोलनको मिति र स्वरुप सार्वजनिक गर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया