राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित लोखरम टोलमा शुक्रबार राती आगलागि हुँदा १५ लाख बढी मुल्य बराबरको क्षति भएको छ ।
आगलगिमा एक गाईगोठ, दुई घर, एक बैलगाडा, दुई साइकल, भाडाकुडा र खाद्यान्न समेत जलेको छ ।
स्थानिय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाई सुतिहार र कृष्णा सुतिहारको घर जलेर नष्ट हुँदा १५ लाख भन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् ।
यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले जानकारी दिएका छन् ।
राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महाबिर साहको घरमा आगलगि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।
प्रायजसो लगातार आगलगि हुन थालेको तर, कारण खुल्न नसक्दा स्थानिय त्रसित भएका छन् । सोही टोल निवासी पूर्वसांसद सकलदेव सुतिहारले आगलगिका डरले चिसोका वावजुद विगत एक महिनादेखी स्थानियले घुर बाल्न छाडेको बताए ।
आगलागिमा १५ लाख बढीको क्षति, सात वटा पशुचौपाया जलेर घाइते
सारांश
- यस्तै सातवटा पशुचौपाया समेत जलेर घाइते भएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी श्याम यादवले जानकारी दिएका छन् ।
- राजविराज नगरपालिकाको बारुणयन्त्र, शसस्त्र र नेपाल प्रहरी तथा स्थानिय वासिन्दाको मद्दतले एक घण्टाको प्रयासपछि आगोमाथी नियन्त्रण पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यसअघि सोही टोलमा पुस ११ गते सोनाई सुतिहार तथा पुस १७ गते महाबिर साहको घरमा आगलगि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया