दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
बिहीबारदेखी राजबिराजमा संचालित मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत सम्पन्न दुई खेलमा सिरहा र धनुषा बिजयी भएका छन् ।
पहिलो खेलमा सिरहाले आयोजक सप्तरीलाई १३ रनले पराजित ग¥यो भने दोस्रो खेलमा धनुषाले सर्लाहीमाथि १ सय २० रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।
पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा ९२ रनको योगफल तयार पारेको थियो । सिरहाका लागि काजल साफीले २६ रनको योगदान दिँदा पुष्पा यादवले १८, अनुराधा चौधरीले १६ तथा अनु यादवले ११ रन बनाएका थिए ।
बलिङतर्फ सप्तरीकी बन्दना रजकले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारिन् । यस्तै सुस्मिता यादवले २ विकेट लिँदा दीपाराम र साझी यादवले समान १–१ विकेट लिए ।
९३ रनको लक्ष्य पछ्याएको सप्तरीले १८ ओभर ४ बलमा ७९ रनमै समेटिँदै हार बेहोर्न पुग्यो । सिरहाको जितमा बलिङतर्फ अनुराधा चौधरी र स्वेता लामाले समान २–२ विकेट लिए भने सरस्वती चौधरी, मिना महतो र प्रशिदिक्षा खडकाले समान १–१ विकेट हात पारे । सो खेलमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेकी अनुराधा चौधरी खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।
त्यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रनको बलियो योगफल खडा गरेको थियो । धनुषाका लागि चन्द्रिका महतोले उत्कृष्ट ब्याटिङ गर्दै ७३ रन बनाइन् भने रोजी खत्रीले ३६ रनको योगदान दिइन् । सर्लाहीका लागि सरिश्मा खनाल र रानी साहले समान २–२ विकेट लिए भने अनुपा खडकाले १ विकेट हात पारिन् ।
१ सय ६६ रनको लक्ष्य पछ्याएको सर्लाही १३ ओभर ४ बलमा ४५ रनमै अलआउट हुन पुग्यो । सर्लाहीका लागि अनुपा खडकाले १० रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
धनुषाको बलिङ आक्रमणमा मधु खडकाले घातक प्रदर्शन गर्दै ४ विकेट लिइन् । यस्तै रोजी खत्रीले २ विकेट तथा रोशनी महरा र अनिषा यादवले समान १–१ विकेट लिए । उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेकी धनुषाकी चन्द्रिका महतो खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
सारांश
- पहिलो खेलमा सिरहाले आयोजक सप्तरीलाई १३ रनले पराजित ग¥यो भने दोस्रो खेलमा धनुषाले सर्लाहीमाथि १ सय २० रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।
- पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा ९२ रनको योगफल तयार पारेको थियो ।
- सिरहाका लागि काजल साफीले २६ रनको योगदान दिँदा पुष्पा यादवले १८, अनुराधा चौधरीले १६ तथा अनु यादवले ११ रन बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
प्रतिक्रिया
० प्रतिक्रिया