सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने

राजविराज राजविराज
|
बुधबार, माघ १४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने

सारांश

  •     मन्त्री साहले अभियानको उद्घाटन गरेपश्चात् सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
  • रन्जित झालगायतका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहानका चालक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाइकर्मीले खोप लगाएका थिए ।
  •       सो अवसरमा मन्त्री साहले खोप जिवनरक्षाका लागि सुरक्षित भएको भन्दै निर्धक्क भई लगाउन आग्रह गर्नुभयो ।

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 
    नेपाल भरि बुधबारदेखी कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । सोही अभियान अन्तरगत सप्तरीमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गर्नुभएको छ । 
    मन्त्री साहले अभियानको उद्घाटन गरेपश्चात् सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालगायतका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहानका चालक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाइकर्मीले खोप लगाएका थिए । 
    सो अवसरमा मन्त्री साहले खोप जिवनरक्षाका लागि सुरक्षित भएको भन्दै निर्धक्क भई लगाउन आग्रह गर्नुभयो । उहाँले खोप बारे विभिन्न भ्रामक हल्ला चलाइएको भन्दै त्यस्ता हल्ला पछाडी नलाग्न सबैमा आग्रह mस्समेत गर्नुभयो । 
    कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले कोही पनि खोप बारे भ्रममा नपर्न आग्रह गर्नुहुँदै भारतमा परिक्षण भइसकेर आएको खोपले कुनै नराम्रो घटना भइहाल्छ भन्ने सोच्नु र आत्तिनु नपर्ने बताउनुभयो । 
    सप्तरीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत प्रहरी अस्पतालमा गरि दुई स्थानबाट पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाइदै छ । 


    जिल्लामा हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४१ रहेको छ भने १ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित सबै निको भई घर फर्किएपछि हाल संक्रमितको संख्या शुन्यमा झरेको छ । 
    यता बुधबारै सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । 
    नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।
    यसैबीच स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन 
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे
झुण्डिएको अवस्थामा किशोरी फेला
झुण्डिएको अवस्थामा किशोरी फेला
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव
फत्तेपुर–हनुमाननगर खण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मन्त्री लेखीको प्रस्ताव